अमेरिकाले खसायो सिरियाली विमान

images_cms-image-000024816
दमास्कस ६ असार । अमेरिका नेतृत्वको गठबन्धन सेनाले एक सिरियाली लडाकु विमान खसाएको छ । सिरियाको रक्कामा इस्लामिक स्टेटविरुद्धको हवाइ आक्रमणको क्रममा आफ्नो विमान खसाइएको सिरियाले जनाएको छ । गठबन्धन सेनाले भने आफूसमर्थित विद्रोहीहरूमाथि आक्रमण गरेको भन्दै सो विमान खसाइएको दाबी गरेको छ ।

सिरियाली विमानमाथिको आक्रमण अमेरिकी गठबन्धनले आतंकवादी संगठनहरूलाई दिएको समर्थनको प्रमाण भएको सिरियाले जनाएको छ । सिरियाको सरकारी सेना आइएसको पकड क्षेत्र रहेको रक्काको दक्षिणी र पश्चिमी क्षेत्रतिर बढ्दै गर्दा यो घटना भएको हो । अमेरिकासमर्थित सिरियन डेमोक्रेटिक फोर्स पनि आइएसविरुद्ध लडिरहेको छ ।

प्रतिक्रिया