सेञ्चुरी कमर्सियल र एसियन लाइफको हकप्रद आउँदै

काठमाडौं ३ असार । सेञ्चुरी कमर्सियल बैंकले १० बराबर ४ अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले धितोपत्र बोर्डमा यसको लागि आवेदन दिइसकेको छ । बैंकले यस निष्कासनबाट १ अर्ब ८८ करोड रूपैयाँ जुटाउने भएको हो । बैंकको चालु आवको तेस्रो त्रैमासमा चुक्ता पुँजी ३ अर्ब ६८ करोड रूपैयाँ रहेको छ । बैंकले हालै ४ वटा अन्य संस्था प्राप्ति गरेको छ भने अर्को १ संस्था प्राप्तिको प्रक्रियामा रहेको छ । बैंकको सेयर बिक्रीप्रबन्धक सिभिल क्यापिटल रहेको छ ।

एसियन लाइफ इन्स्योरेन्स कम्पनीको पनि २ बराबर १ अनुपातमा हकप्रद सेयर जारी हुने भएको छ । कम्पनीले धितोपत्र बोर्डमा यसको लागि आवेदन दिइसकेको छ । कम्पनीले यसबाट ४० करोड २७ लाख जुटाउने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल रहेको छ ।

प्रतिक्रिया