ज्योति बैंकले जेब्रा क्रसिङ बनायो

jyoti bank
काठमाडौं २ असार । ज्योति विकास बैंक लिले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कमलादी क्षेत्र र भद्रकालीमा जेब्रा क्रसिङ बनाउने कार्यमा सहयोग गरेको छ । सडक दुर्घटना कम गर्न तथा पदयात्रुहरुलाई सडक पार गर्न सहजता होस् भन्ने उद्देश्यले बैंकले आफ्नो मुख्य कार्यालय–कमलादी, प्रज्ञा भवन, कमलादी गणेश मन्दिर तथा भद्रकाली मन्दिर अगाडी जेब्रा क्रसिङ्ग बनाउन सहयोेग गरेको हो ।

यी स्थानहरुमा जेब्रा क्रसिङ नहँुदा पैदल यात्रुहरुले सडक पार गर्न कठिनाई भोग्दै आई रहेका थिए । बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कुँवरका अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक बर्ष यस्ता सेवामुखी कार्यहरु गर्दै आएको तथा भविष्यमा पनि निरन्तरता दिइने बताए । बैंकले ट्राफिक प्रहरी महाशाखा, रामशाह पथ संग समन्वय गरी उक्त कार्य सम्पन्न गरेको जनाएको छ ।

प्रतिक्रिया