मनहरी र दलदलेमा मुक्तिनाथको शाखा

muktinath bank
काठमाडौं २९ जेठ । मुक्तिनाथ विकास बैंक लिमिटेडले मिति शनिबार मकवानपुरको मनहरी गाउँपालिका–७ मनहरी बजारमा, मनहरी शाखाको उद्घाटन सम्पन्न गरेको छ । त्यसैगरी आइतबार नवलपरासीको देवचुली नगरपालिका–१३, दलदलेमा शाखाको समुद्घाटन सम्पन्न गरेको छ । मनहरी शाखाको उद्घाटन मकवानपुर जिल्ला क्षेत्र नं. ४ का सांसद राजाराम स्याङतानले गरेका थिए । आर्थिक सम्वृद्धिको लागि बैंकहरू जनतामाझ पुगेर दिने सेवाले अत्यन्तै महत्वपूर्ण भूमिका रहने स्याङतानले बताए ।

उनले पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाको सम्वृद्धिको लागि मुक्तिनाथ विकास बैंकले विशेष भूमिका निर्वाह गर्नेमा आपूm ढुक्क रहेको बताए । यसैगरी दलदले शाखाको समुद्घाटन गर्दे देवचुली नगरपालिकाका मेयर पूर्णकुमार श्रेष्ठले जनताको आयस्तरलाई माथि उकास्न तथा व्यवसायलाई विस्तार गर्नका लागि यस क्षेत्रमा मुक्तिनाथ विकास बैंकको भूमिका महत्वपूर्ण रहने बताए । उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले बैंकले स्थापना कालदेखि जनतामाझ प्रदान गर्दै आएका सेवा सुविधालगायत विगत, वर्तमान अवस्था र बैंकको भावी रणनीतिका बारेमा चर्चा गरेका थिए ।

बैंकले ‘जनता बैंकमा होइन, बैंक जनतामा जानु पर्दछ’ भन्ने मान्यतालाई आत्मसात गर्दै नेपालको परिवेश सुहाउँदो कुल ६० वटा शाखा कार्यालयबाट १ लाखभन्दा बढी लघुवित्त सदस्यहरूसहित कुल ३ लाखभन्दा बढी सेवाग्राहीलाई वित्तीय सेवा प्रदान गरिरहेको छ । यस विकास बैंकले हालसम्म कुल १५ अर्ब ३० करोड निक्षेप संकलन गरी १४ अर्ब २६ करोड कर्जा लगानी गर्नुका साथै निःशुल्क आस्वा सेवा प्रदान गरेको छ ।

प्रतिक्रिया