सिपिभिसी पाइपले पायो आइएसआई प्रमाण चिन्ह

nn(4)काठमाडौं । पञ्चकन्या समूहले उत्पादन गरेको सिपिभिसी पाइप तथा फिटिङ्सले आइएसआई प्रमाण चिन्ह पाएको छ । आइएसआई भारतीय गुणस्तर चिन्ह हो ।कम्पनीले सिपिभिसी पाइपमा यो गुणस्तर पाउने पहिलो भएको दाबी गरेको छ । कम्पनीले विगत ६ वर्षदेखि अमेरिकालगायत विकसित देशमा प्रयोग हुने जापानी सेकीसुई कच्चा पदार्थबाट सिपिभिसी पाइप निर्माण गरेको जनाएको छ । प्लम्बिङमा यो पाइप अत्यधिक रुचाइने कम्पनीले जनायो । कम्पनीका अनुसार यो पाइप तातो र चिसो पानी सुहाउँदो छ । नन् टक्सिक केमिकल तथा युभी रेसिस्टेन्ट रहेको कम्पनीले जनायो । कम्पनीले यो पाइप पचास वर्षसम्म ढुक्कसाथ प्रयोग गर्न सकिने जनाएको छ ।

प्रतिक्रिया