अजयलाई स्वर्ण

1काठमाडौं । बुद्ध प्रकाश उसु क्वानका अजय तामाङले प्रथम राष्ट्रिय खुला जुनियर उसु प्रतियोगितामा बिहीबार स्वर्ण जितेका छन् । पुरुष नान् छ्वानमा सर्वाधिक ७.४६ अंक जोड्दै अजय स्वर्ण हात पार्न सफल भए । मनमैजु उसु क्वानका सुरज पुन दोश्रो र सनसाइन हाइ स्कुलका प्रवीण लामाले कांस्य जिते । मार्सल आर्ट अर्गनाइजेसन– नेपालद्वारा आयोजित प्रतियोगिताको सोही स्पर्धामा ७.२० अंकसाथ बुद्ध प्रकाशकै रसु तामाङ पहिलो भइन् । निन्जा उसु क्वानकी कुसुम मगर दोश्रो र बलम्बु उसु क्वानकी अन्जिता स्याङतान तेश्रो स्थानमा रहे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष छाङ छ्वानमा डल्फिन इङलिस स्कुलका कल्याण राई सर्वाधिक ७.४३ अंकसाथ शीर्ष स्थानमा रहे ।

मनमैजुका राजिव तामाङ दोश्रो तथा ग्रिनफिल्ड स्कुलका रविन तामाङ तेश्रो भए । सोही स्पर्धाको महिलामा बुद्ध प्रकाशकी अनु राईले पहिलो स्थान कब्जा गरिन् । अनुले ७.१६ अंक जोडिन् । सनसाइनकी अस्मिता श्रेष्ठ दोश्रो र बुद्ध प्रकाशकी जुनु स्याङबो तेश्रो बने ।प्रतियोगिताको कलाकार धुर्मुसले एक कार्यक्रमबीच उद्घाटन गरे । तीनदिने प्रतियोगितामा ६ सय खेलाडीले विभिन्न ३८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजकका अध्यक्ष राजिव महर्जनले जनाएका छन्

प्रतिक्रिया