ट्रम्पले वफादारी खोजे, मैले निष्पक्षता रोजें ; कोमी

_trump_comey_reutersएजेन्सी, २५ वैशाख । अमेरिकाको सिनेटको गुप्तचरीसम्बन्धी समितिले संघीय जाँच ब्यूरोका बर्खास्त गरिएका निर्देशकले ऊ समक्ष दिने लिखित बयान प्रकाशित गरेको छ जसमा उनले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारलाई अनुसन्धान नगर्न राष्ट्रपति ट्रम्पले आफुलाई भनेको उल्लेख गरेका छन्।

जेम्स कोमीले राष्ट्रपतिसंग भएका उनका पाँचवटा कुराकानीको विवरण प्रस्तुत गरेका छन् जसमा ट्रम्पले बारम्बार बफादारी खोजेका छन् र उनले चाहिं आफ्नो भूमिकामा निष्पक्षताको जोड दिएका छन्।

कोमीले कंग्रेस समक्ष प्रस्तुत गर्न लागेको उक्त लिखित बयानप्रति टिप्पणी गर्दै ट्रम्पका एकजना वकिलले ट्रम्पको चुनावी अभियान र रुसबीच रहेको भनिएको सांठगांठबारे राष्ट्रपतिमाथि अनुसन्धान नभएको कोमीले बताएकाले राष्ट्रपतिको भनाई पुष्टी भएको जनाएका छन्।

त्यसले राष्ट्रपति ट्रम्प ुखुशीु भएको उनले जनाए।

यसअघि राष्ट्रिय सुरक्षासम्बन्धी दुईजना वरिष्ठ अधिकारीहरु माइक रोजर्स तथा ड्यान कोट्सले सिनेटरहरु समक्ष बयान दिंदै उनीहरुमाथि ह्वाइट हाउसले कुनै पनि गैरकानुनी काम गर्न दबाब नदिएको उल्लेख गरेका छन्।

तर बिहीबार सिनेट समिति समक्ष बयान दिन लागेका कोमीले चाहिं उनलाई मे ९ तारिख बर्खास्त गरिनु अगाडि भएका भेटघाटमा राष्ट्रपतिले असहज बनाइदिएको उल्लेख गरेका छन्।

कोमीले तयार पारेको सात पृष्ठ लामो बयान बिहीबार उक्त समिति सामु प्रस्तुत गर्दैछन्।

प्रतिक्रिया