कतारसँग कुवेतले मध्यस्थता गर्ने

18957804_303दुबई । विगत तीन दिनमा एकदमै नाटकीय ढंगबाट गल्फका सबैजसो अरबी मुलुकहरू तथा माल्दिभ्सलगायत सात वटा इस्लामी राष्ट्रहरूले कतारसँग दौत्य सम्बन्ध विच्छेद गरेकामा यस समस्या सुल्झाउनका लागि मध्यस्थता गर्न कुवेतले चासो देखाएको छ । बेलायतको म्यान्चेस्टरमा गरिएको बिभत्स आतंककारी आक्रमणको दुई हप्ता बित्न नपाउँदै बेलायत कै लन्डन ब्रिजनजिक अर्को भीषण आतंककारी आक्रमणको घटना दोहोरिएपछि सम्पूर्ण युरोप भयभित भई तीव्र खैलाबैला मच्चिएको थियो । पछिल्लो आक्रमण इस्लामिक स्टेट्स आतंकवादी संगठन (आइएस) ले गराएको दाबी गरेको थियो । आइएसका सशस्त्र लडाकू समूहलाई भित्रभित्रै सहयोग गरेको, अमेरिका, युरोपेलीसंघलगायत पश्चिमी मुलुकहरूद्वारा कडा प्रतिबन्ध लगाइएको इरानसँग गहिरो साँठगाँठ राखेको र मध्यपूर्वका राष्ट्रबीच आपसी मतभेदकारी नीति अवलम्बन गरेको इत्यादि आरोपमा गल्फका ६ अरबी राष्ट्रहरू–इजिप्ट, लिबिया, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, बहराइन, येमन तथा टाढाको दक्षिण एसियाली राष्ट्र माल्दिभ्ससमेत सात वटा मुलुकले कतारसँग दौत्य सम्बन्ध बिच्छेद गरेका थिए ।

विगत तीन दिनभित्रै नाटकीय ढंगबाट एक्कासि विकसित भएको यस घटनाक्रममा ती मुलुकले कतारस्थित आ–आप्mना कूटनीतिक नियोग वा राजदूतावासबाट राजदूतलगायत सबै कर्मचारी फिर्ता बोलाउनुका साथै आफ्नो मुलुकमा रहेका कतारका सबै कूटनीतिक कर्मचारी एवं नागरिकहरूलाई देश छोड्ने आदेश दिए ।त्यत्ति मात्र नभई ती राष्ट्रले आफ्नो जलमार्ग, स्थलमार्ग तथा हवाईमार्गका नाका प्रयोग गर्नबाट कतारका पानी जहाज, गाडी तथा विमानलाई प्रतिबन्ध लगाउने तथा आफ्नो देशका सबै विमान सेवाले कतारका कुनै पनि गन्तब्यतर्फ उडान नगर्ने निर्णय लिएका थिए । अझ कतारसँग स्थल सीमा जोडिएको मुलुक युनाइटेड अरब इमिरेट्सले आफ्नो सीमासमेत बन्द गरेको थियो । सन् १९९१ मा अमेरिकी तथा बहुराष्ट्रिय सेना र इराकबीच भएको खाडीको युद्धपश्चात् पहिलोपटक गल्फका अरबी राष्ट्रहरूबीच कल्पना नै नगरिएको यसप्रकारको चरम कूटनीतिक संकट उत्पन्न भएको जनाइएको छ ।
यस संकटको स्थितिलाई चिर्दै आक्रोश मत्थर पार्न सबै पक्षले विश्वास गर्ने खाडीकै कुनै एक गतिलो राष्ट्रको मध्यस्थताको टड्कारो आवश्यकतालाई गम्भीरतापूर्वक महसुस गरिएको अवस्थाबीच कुवेतले मध्यस्थता गर्ने चासो देखाएको छ । यस सम्बन्धमा, कुवेतका विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले कतारका शासक अमीर शेख तामिम बिन हमाद अल थानीसँग कुराकानी पनि गरिसकेका छन् ।बिग्रिएको सम्बन्ध पुनःस्थापना गरी पुरानै स्थितिमा फर्काउन कुवेतले सक्दो प्रयास गर्ने कतारका कुनै पनि नेता वा अधिकारीले यस संकटबारे हाल मुख नखोल्न वा बकबक नगर्न कुवेतका शासकले कतारका अमीर शेख तामिम बिन हमादसँग अनुरोध गरेको पनि विदेश मन्त्रीले जनाए । कतारको राजधानी दोहामा केन्द्रीय कार्यालय रहेको भू–उपग्रहीय टेलिभिजन प्रसारण सञ्जाल अल–जजिरालाई एक अन्तर्वार्ता दिने क्रममा विदेशमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमानले कतारमाथि आफ्नो मनोमानी लाद्न खोज्ने र उसको आन्तरिक मामिलामा हस्तक्षेप हुने कुनै पनि गतिविधि कुवेतलाई मान्य नहुने पनि बताएका छन् ।

प्रतिक्रिया