काठमाडौं । चीनले ट्रयाकविना सडकमै कुद्ने रेल बनाएको छ । चीनको हुनान प्रान्तमा यसको परीक्षण पनि गरिएको छ । चिनियाँ रेल निर्माता कम्पनीले सिआरआरसी जुजौ लोकोमेटिभले बनाएको उक्त रेल विद्युतीय हो । रेलमा सेन्सर जोडिएको हुन्छ । यो रेल बसजस्तै सडकमा गुड्छ ।
तीन सय यात्रु बोक्ने क्षमता भएको रेलमा तीन वटा डब्बा छन् । यसको लम्बाई ३० मिटर छ । रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ । निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन् । एटोनोमस रेल ¥यापिड ट्रान्सिट (एआरटी) नाम दिइएको यस्तो खालको रेल साना सहरहरू जहाँ ठूला रेल मार्ग बनाउन महँगो हुन्छ त्यहाँका लागि उपयोगी हुने बताइएको छ ।
प्रतिक्रिया