प्रथम दक्षिण एसियाली सोतोकान कराँते जारी :स्वर्ण पदकमा नेपालको वर्चस्व

1st south asian karate ma nepal jo barchaswo
काठमाडौं । प्रथम दक्षिण एसियाली सोतोकान कराँते च्याम्पियनसिपमा नेपाली खेलाडीले स्वर्ण पदकमा वर्चस्व जमाए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको च्याम्पियनसिपको पुरुष २० केजीतौल समूहमा नेपालका आरोग्यले लामाले स्वर्ण, भारतका कार्तिक शर्माले रजत, नेपालका समीर लामा र भारतका रुद्र सिंहले कांस्य जिते । २५ केजीमा नेपालका साजन गुरुङले स्वर्ण, भारतका कृष्ण गोपाल शर्मा रजत, नेपालका सुवास लामा र भारतका आध्यम जैनले कांस्य हात पारे ।
त्यस्तै ३० केजीमा नेपालका सन्देश राईले स्वर्ण, भारतका आदित्य तोमारले रजत, भारतकै पारस कुशवान र नेपालका साजन गुरुङले कांस्य हात पारे । पुरुषकै ३५ केजीमा भारतका अमन जोशीले स्वर्ण, नेपालका कृष्ण तामाङले रजत, नेपालका सन्तोष अधिकारी र भारतका सामर बिष्टले कांस्य जिते । ४० केजी तौल समूहमा नेपालका दीप राजवाहकले स्वर्ण जिते । उनले भारतका हर्षसमन सिंहलाई पराजित गरेका थिए । नेपालका यामबहादुर समालले भारतका अंकुर शाक्यलाई ४५ केजी तौल समूहमा हराउँदै स्वर्ण जिते । पुरुषकै ५० केजी तौल समूहमा नेपालका विक्रम लामाले भारतका नमन अदिगोरलाई पराजित गर्दै स्वर्ण जिते । पुरुष ५५केजीमा भारतका कुलदीप सिंहले नेपालका उज्ज्वल गोदारथापालाई फाइनलमा हराए ।

प्रतिक्रिया