सिंगापुर । अमेरिकी रक्षामन्त्रीले ‘साउथ चाइना सी’ मा मानव निर्मित टापुहरूमा चिनियाँ सैनिकीकरण अमेरिकालाई स्वीकार्य नहुने बताएका छन् । सिंगापुरमा एउटा सुरक्षा सम्मेलनलाई सम्बोधन गर्दै जेम्स म्याटिसले त्यस्ता कदमले क्षेत्रीय स्थिरतामा खलल पु¥याउने बताए ।स्रोतहरूले सम्पन्न ‘साउथ चाइना सी’ माथि चिनियाँ दाबीले धेरै देशका लागि विवाद निम्त्याएको छ । ‘साउथ चाइना सी’ बारे आलोचना गरेका अमेरिकी रक्षामन्त्री म्याटिसले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण तथा आणविक कार्यक्रम रोक्न चीनले गरेको प्रयासको चाहिँ प्रशंसा गरे ।
यस वर्ष लगालग क्षेप्यास्त्र परीक्षण गर्ने उत्तर कोरियाली कदमविरुद्ध संयुक्त राष्ट्रसंघले थप प्रतिबन्ध लगाउने निर्णय गरेपछि अमेरिकी रक्षामन्त्रीको भनाइ सार्वजनिक भएको छ । चीन र अमेरिकाबीच हप्तौं लामो वार्तापछि सुरक्षा परिषद्ले प्रतिबन्ध लगाउने प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो । सांग्रिला डायलग फोरमको वार्षिक बैठकमा म्याटिसले भने, ‘कृत्रिम टापुहरूमा सैनिकीकरण गर्ने र सामुद्रिक इलाकामा अनुचित दाबीको हामी विरोध गर्दछौँ । हामी यथास्थितिविरुद्धको एकलौटी र जवर्जस्ती परिवर्तन स्वीकार गर्न सक्दैनौँ र गर्नेछैनौँ ।’
आफ्नो मनोनयनको सुनुवाइका बेला म्याटिसले ‘टापुहरू बनाउने काम चीनले रोक्नुपर्ने र त्यसमा उसलाई पहुँच नदिइने स्पष्ट सन्देश अमेरिकाले दिने’ बताएका थिए । जवाफमा चिनियाँ विदेशमन्त्रीले ‘सो क्षेत्रमा आफ्नो अधिकारको रक्षा गर्न बेइजिङ अडिग रहने’ बताए ।
प्रतिक्रिया