बाउकी स्वास्नी हुन तयार हुँदा . . .

msid-58956743,width-400,resizemode-4,NBT-image
हङकङ, १९ जेठ । सुन्दा आश्चार्य लाग्न सक्ला ! तर, एउटी छोरीले सौतेनी आमा भित्रिन नदिन आफ्नै बाबुसंग यौन सम्वन्ध राखेकी छन् । उनी बाबुले भित्र्याउन लागेका दोश्री पत्नीलाई मन पराउदैन थिइन् । यो हङकङको खबर हो मुद्दा अदालतमा विचाराधिन छ ।

२६ वर्षीया ती युवतीले सन् २००९ मा आफ्नो बाउसंग दुई पटक यौन सम्वन्ध राखेकी थिइन् । युवतीका वकिलले अदालतमा जे मनोवैज्ञानिक रिपोर्ट पेश गरेका छन् त्यसले युवती बाउसंग पहिलेदेखि नै आकर्षीत भएको देखाउँछ । यसैकारण छोरीले बाउलाई यौन संम्वन्धको प्रस्ताव राखिन र बाउले पनि हुन्न भन्न सकेनन् ।

हङकङको जिल्ला अलदालतकाअनुसार बाउछोरीबीचको यो सम्वन्ध त्यतिखेर भएको हो जतिबेला युवती मात्र १९ वर्षकी थिइन् । घटनाको खुलासा त्यतिखेर भयो जब स्कूल पढदै गरेका युवतीका भाइले यस्तो भिडियो देखें । आफ्ना बाउ र दिदीबीचको यौन क्रिया देखेर डराउँदै उनले यो भिडियो प्रहरीलाई बुझाए । तर, यो सहमतिमै सम्भव भएको हो भन्ने उनलाई थाहा थिएन ।

युवतीका वकिलले अदालतमा भने ‘यो अपवादको घटना हो । युवतीले आफनै बाउलाई यसकारण यौन सम्वन्धको प्रस्ताव राखिन की उनले अर्को विवाह नगरुन ।’ युवतीले सबै आरोप र सजायको भागिदार आफू नै भएको भन्दै बाबुलाई यस मामलामा नतान्न आग्रह गरेकी छन् । अहिले युवतीको परिचय सार्वजनिक गरिएको छैन ।

युवतीका वकिलले अदालतसंग आग्रह गरेका छन् कि यो क्रियाकलापले समाजका अरु कसैलाई कुनै नोक्सान नपु¥याएकाले युवतीलाई कुनै किसिमको सजाय हुनु हुदैन । यद्यपी अदालतले घटनाअघिको रिपोर्ट माग्दै सोधेको छ कि युवतीलाई कैदमा नराखी सजाय दिन सकिन्छ कि सकिदैन । तर, अदालतले बाउलाई सजायबाट उन्मूक्ति दिन भने ठाडै अस्वीकार गरेको छ । यो घटनामा अदालतले यही १२ जुनमा फैसला सुनाउने भएको छ ।

प्रतिक्रिया