आइएससँगको भिडन्तमा ११ सैनिकको मृत्यु,

14-isis-militants-killed-in-philippines-1424946369-3847मनिला । फिलिपिन्सको दक्षिणी सहर मरावीमा इस्लामिक स्टेट्स (आइएस) सँगआवद्ध रहेका माउते लडाकुहरूलाई लक्षित गरी भएको एक हवाई आक्रमणको क्रममा ११ जना सैनिकको नै मृत्यु भएको छ ।  घटनामा परी अन्य सात जना घाइते भएका रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । सहायक रथी रेस्टिटुटो पाडिल्लाले बुधबार मध्यान्हतिर रकेट बम प्रहार भएको बताए । ‘यो एउटा ‘फ्रेन्डी फायर’ हो, आफ्नो सहकर्मीको हत्या भएको यो एउटा दुर्घटना हो,’ उनले पत्रकार सम्मेलनमा भने ।

रक्षा सचिव डेल्फिन लोरेन्जानाले पर्याप्त समन्वय नहुँदा आफ्नै सहकर्मीमाथि आक्रमण भएको बताए । उनले कसरी यस्तो घटना भयो भन्ने बारेमा अहिलेसम्म पनि एकिन हुन नसकेको जानकारी दिए । अर्को पत्रकार सम्मेलनमा लोरेन्जानाले घटनाका बारेमा अनुसन्धान सुरु गरिसकिएको बताए । उनले मरावी क्षेत्रमा अतिवादीविरुद्ध लड्नका लागि ठूलो संख्यामा सैनिक पठाइएको जानकारी दिए । यो अत्यन्तै तरल अवस्था हो, हामी अधिकांश त्यहाँ थियाँै, उनले भने ।

प्रतिक्रिया