ट्रम्प र हिलारीबीच ट्विटरमै जुहारी

0609-donald-trump-hillary-clinton-twitter-war-delete-your-account-twitter-01-1200x630

वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनीसँग राष्ट्रपतिमा प्रतिस्पर्धा गरी पराजित बनेकी डेमोक्रेटिक पार्टीका हिलारी क्लिन्टनबीच ट्विटरमा घोचपेच चलेको छ ।डेमोक्रेटिक नेता क्लिन्टनले बुधबार सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रसियाली हस्तक्षेपबारे पुनः एकपटक प्रश्न उठाएपछि दुई नेताबीचको विवादले तातो रूप लिएको हो । क्यालिफोर्नियामा भएको प्रविधि सम्मेलनमा डेमोक्रेटिक नेता क्लिन्टनले भनिन्, ‘रसियाली सरकारले उनीहरू कतैबाट निर्देशित नबन्दासम्म त्यो सूचनालाई कसरी अस्त्रका रूपमा अमेरिकासँग प्रयोग गर्ने भन्ने विषयमा थाहा हुने थिएन ।’
क्लिन्टनले यसो भनिरहँदा आफ्नो निर्वाचन अभियानका समय प्रयोग भएका इमेल ह्याक भएका विषयमा ट्रम्पको संलग्नता रहेको दोषारोपण गरेकी थिइन् ।
त्यसैगरी राष्ट्रपति ट्रम्पले जवाफमा ‘धुर्त’ हिलारी क्लिन्टनले अब सबैलाई दोष लगाइसकेपछि आपैmँलाई पनि दोष लगाउने छिन् तर आफूलाई ‘भयानक’ उम्मेदवार भन्न अस्वीकार गर्नेछिन् । उनले फेसबुक, डेम्स र डिएसीमाथि पनि आक्रमण गर्नेछिन । क्लिन्टनले फेसबुकमा फैलिएका झुटा समाचारमाथि पनि आंशिक दोषारोपण लगाएको बताएकी छन् ।

प्रतिक्रिया