जोहानसवर्ग, १६ जेठ । प्राय ; केटाहरूले केटी वा महिलालाई बलात्कार गरेको खबर सुन्दै आएका छौं । तर, यहाँ यसको उल्टो भएको छ ।
दक्षिण अफ्रिकाको राजधानी रहेको जोहानसवर्गमा तीन जना केटीले एक २३ वर्षीय केटालाई अपहरण गरेर बलात्कार गरेका छन् । तीनैजनाले ती युवकलाई पहिले विषालु सूई हानेर अपहरण गरे र तीन दिन थुनेर कयौं पटक बलात्कार गरे । ती युवा अहिले तनावमा छन् । ज्ञात रहोस्, हिजोआज दक्षिण अफ्रिकामा पुरुषहरू बलात्कारमा पर्ने घटना बढ्दै गएका छन् । बलात्कारका घटनाहरू मध्ये २० प्रतिशतमा पुरुष पीडित हुने गरेका छन् ।
डेली मेलको समाचारअनुसार पीडितले युवक शुक्रबार एउटा ट्याक्सी रोकेका थिए सो ट्याक्सीमा तीन जना केटीहरू पहिलेदेखि बसेका थिए । युवा जब ट्याक्सीमा बसे, केही समयपछि ट्याक्सीले आफ्नो बाटो बदल्यो । युवतीहरूले युवालाई अगाडिको सिटमा बस्ने आदेश दिए र झुक्याएर सूई हानी बेहोस बनाए । प्रहरीकाअनुसार जब उनलाई होस आयो उनी अज्ञात कोठाको ओछ्यानमा सुुतेका थिए ।
पीडित युवाको आरोप छ की केटीहरूले उनलाई कुनै शक्तिवद्र्धक पेय पदार्थ खान दिए र कयौ पटक पालैपालो बलात्कार गरे । तीन दिनपछि केटीहरूले उसलाई अर्धनग्न अवस्थामा एक चौरमा फालेर हिडें । युवाको अवस्था ज्यादै कमजोर थियो । उनले कसैगरी नजिकैबाट हिडिरहेका कार रोके र मद्दत मागे ।
स्थानीय प्रहरीले घटना जोसुकै संग भएको होस्, आफूहरूले यौन अपराधलाई गम्भीरताकोसाथ लिने गरेको बताएका छन् । प्रहरी यो घटनाको अनुसन्धानमा लागिसकेको छ । यस घटना पीडितलाई जसरी पनि न्याय दिलाएर छाड्ने प्रतिवद्धता प्रहरीले जनाएको बताइएको छ । हिजोआज दक्षिण अफ्रिकामा यौन अपराधका घटनामा अत्याधिक बृद्धि भएका छन् । यस्ता घटनामा पुरुष र महिला दुवै थरी पीडित हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार यहाँ वर्षमा पाँच लाख यौन हिंसाका घटनाको उजुरी पर्ने गरेका छन् । जसमा २० प्रतिशत पीडित पुरुष हुने गरेका छन् ।
प्रतिक्रिया