एजेन्सी, १६ जेठ । बांग्लादेशका अधिकारीहरुले शक्तिशाली समुद्री आँधी देशमा आइपुग्नुअघि झण्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सार्ने प्रयास गरिरहेका छन्।
जल तथा मौसम विभागका अनुसार मोरा नामक समुद्री आँधी देशको पूर्वी तटमा मंगलबारनै पुगिसकेको छ। दक्षिण–पूर्वी बन्दरगाह शहरहरुलाई उच्चतम् खतराको संकेत अर्थात् १० औं तह देखाउन निर्देशन दिइएको छ।
अझ पश्चिमतिरका बन्दरगाह क्षेत्रमा खतरको तह ८ कायम गरिएको छ। श्रीलंकामा बाढी तथा पहिरो निम्त्याउने गरी भएको भारी वर्षापछि समुद्री आँधी शुरु भएको हो। त्यहाँ बाढी तथा पहिरोका कारण कम्तीमा एक सय ८० जना मानिसको ज्यान गइसकेको छ।
१४ वर्षयताकै ठूलो बाढीका कारण त्यहाँ पाँच लाखभान्दा बढी मानिस प्रभावित भएका छन्। एक सयभन्दा बढी मानिस अझै हराइरहेका छन्।
प्रतिक्रिया