पाइपलाइनबाटै बियर आपूर्ति

bear-pipe-line-1जर्मन । जर्मनीमा आयोजना गर्न लागिएको एक सांगीतिक कार्यक्रमका लागि आवश्यक पर्ने पेयपदार्थ ‘बियर’ आपूर्ति गर्न आयोजकले पाइपलाइन नै बिछ्याएका छन् ।जर्मनीमा आगामी अगस्टमा आयोजना हुन लागेको ‘वेकन ओवन एअर हार्ड रक फेस्टिबल’मा सहभागी हुने दर्शकहरूका लागि सहज रूपमा बियर उपलब्ध गराउन आयोजकले ७ किलोमिटर लामो पाइप बिछ्याएका हुन् । बिबिसीकाअनुसार प्रतिसेकेन्ड एक गिलास बियर आपूर्ति गर्नसकिने ३५ सेमि नौ सय १४ इन्च वर्गमिटरको पाइप बिछ्याइएको छ ।
उक्त ‘हार्ड रक फेस्टिभल’ विश्वको सबैभन्दा ठूलो ‘हेभी मेटल’ सांगीतिक उत्सव हो । उत्सवमा विश्वचर्चित हेभी मेटल गायक मेगाडेथ, एलिस कोपेर र त्रिभिउम्समेत संलग्न हुनेछन् ।साथै, विश्वभरबाट एक सय ५० ब्यान्डस् र अरू रक मेटल गायकहरूले सहभागिता जनाउने आयोजक वेकन ओवन एअरले उल्लेख गरेको छ । आगमी अगस्ट ३ देखि ५ सम्म सञ्चालन हुने उक्त उत्सवमा ७५ हजार दर्शक सहभागी हुने र एक जनाले सरदर ५ दशमलव १ लिटर बियर पिउने भएकाले सहज आपूर्ति र वातावरणमैत्री उत्सव बनाउन पाइप बिछ्याइएको जर्मन मिडियाहरूले उल्लेख गरेका छन् । आयोजकले यसरी पाइप बिछ्याएर बियरको आपूर्ति गर्दा बियरको लागत घट्ने र बियरको बोतलले वातावरणमा नराम्रो असर गर्ने भएकाले नयाँ विधि अपनाइएको उल्लेख गरेको छ ।साथै, उक्त पाइपलाइनबाट चिसो बियर आपूर्ति गर्नका लागि विशेष प्रकारको ‘हाइजिन’स्तरको पाइप बिछ्याइएको जनाइएको छ ।

प्रतिक्रिया