कोमीलाई हटाएपछि तनाव कम भयो ; ट्रम्प

_96128618_trump_afpअमेरिका, ६ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संघीय जाँच निकाय एफबीआइका निर्देशक जेम्स कोमीलाई हटाएपछि आफूमाथिको ठूलो दबाब कम भएको रुसी अधिकारीहरुलाई बताएको समाचार प्रकाशमा आएका छन्। अमेरिकी सञ्चारमाध्यममा आएका ती विवरणबारे ट्रम्पको कार्यालय ह्वाइट हाउसले अहिलेसम्म कुनै प्रतिक्रिया व्यक्त गरिसकेको छैन।

ुद न्यूयोर्क टाइम्सुले गत साता उच्च रुसी अधिकारीहरुसँग ह्वाइट हाउसमा भएको भेटवार्ताबारेको कागजातलाई उदृत गर्दै जनाएअनुसार, ट्रम्पले कोमीलाई ुजे मन लाग्यो त्यही गर्ने अप्ठ्यारो व्यक्तिुका रुपमा टिप्पणी गरेका थिए।

रुस र ट्रम्पको चुनावी अभियानबीचको सम्भावित साँठगाँठबारे कोमीले अनुसन्धान गरिरहेका थिए। एफबीआइका यी पूर्व निर्देशकले माथिल्लो सदनको गुप्तचरीसम्बन्धी समितिमा उपस्थित भएर आफ्ना कुरा राख्न सहमति पनि जनाएका छन्। पछिल्ला विवरणहरु, राष्ट्रपतिका रुपमा ट्रम्पले आफ्नो पहिलो यात्राका क्रममा मध्यपूर्वको भ्रमण थाल्दै गर्दा आएका छन्।

ह्वाइट हाउसले सञ्चारमाध्यममा ट्रम्पले बोलेको भनी आएका विवरणमा प्रयोग गरिएको भाषाबारे कुनै प्रतिक्रिया दिएको छैन। तर पत्रकारहरू भन्छन्, ‘ह्वाइट हाउसले भनेको छ, राष्ट्रपतिले जहिले पनि रुससँगको सम्झौतामा जोड दिने गरेका छन् र रुसी कदमबारेको छानविनलाई राजनीतिकरण गरेर जेम्स कोमीले रुससँगका वार्ताहरुमा अनावश्यक दबाब सिर्जना गरेका छन् । यसको अर्थ कोमीको बर्खास्ती रुसी सम्बन्धमाथिको छानविनलाई लिएर नै भएको भन्ने हो।’ अर्को एउटा छुट्टै विवरणमा ‘द वासिङ्टन पोस्ट’ले रुस र ट्रम्पको चुनावी अभियानबीचको सम्भावित सम्बन्धबारेको छानविनको केन्द्रमा ह्वाइट हाउसकै एक जना बहालवाला व्यक्ति रहेको समाचार छापेको छ।

प्रतिक्रिया