सारोपोवालाई लयमा फर्कने अवसर

saropoba lae abasar

रोम । इटाली ओपन टेनिसको पहिलो चरणमा रुसी महिला स्टार मारिया सारोपोवाले पहिलो चरणको खेलमा जित निकालेकी छन् । इटालीको रोमस्थित इन्टरनेसनल बिएनएल द स्टेडियममा उनले अमेरिकाकी क्रिस्टिना मकाइललाई हराइन् । उनले पहिलो चरणमा क्रिस्टिनालाई ६–४ र ६–४ ले पराजित गरिन् । ३० वर्षीय शारोपोवा हाल विश्व वरीयतामा २११औँ स्थानमा छिन् ।

उनलाई यस टुर्नामेन्टमा वाइल्ड कार्डमार्फत प्रवेश पाएकी थिइन् । यस प्रतियोगितामा उनले सेमीफाइनलमा यात्रा मात्र तय गरिन् भने शीर्ष २००औँ मा स्थान बनाउने छिन् ।

प्रतिक्रिया