इन्डियन एम्बेसडर गल्फ टुर्नामेन्ट :पवित्र कुमारलाई उपाधि

indian ambessdor gol winners

काठमाडौं । पवित्र कुमार कार्कीले इन्डियन एम्बेसडर कप गल्फ टुर्नामेन्टको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार भएको खेलमा १३ ह्यान्डिक्यापका कार्कीले स्टेबलफर्ड ४० स्कोर गर्दै उपाधि हात पारे । बिजेता कार्कीले ट्रफी र आइफोन सेभन प्लस हात पारे । कुल ३९ स्कोर गरेका विजय श्रेष्ठ इनहास उपबिजेतामै सीमित भए । पृथ्वी मल्लले पनि समान ३९ स्कोर गरे पनि विजय काउन्ट ब्याकको आधारमा उपबिजेता बने । विजयले ट्रफी र कालवे ब्रान्डको गल्फ साम्रगी जिते ।
त्यस्तै ३० स्कोर गरेका टासी छिरिङले बेस्ट ग्रसको उपाधि जिते । टासी र विजयबीच बराबरी भए पनि काउन्ट ब्याकको आधारमा टासीले बाजी मारे । टासीले ट्रफी र कालवे ब्रान्डको गल्फ सामग्री हात पारे । सिनियरतर्फ (६० वर्ष र ६० वर्षभन्दामाथि) को उपाधि बीबी थापाले जिते । थापाले ३८ स्कोर गरेका थिए । महिलातर्फ १७ स्कोर गरेकी डा.रिता थापा च्याम्पियन बनिन् । इर्देन च्याम्पी १५ स्कोरका साथ उपविजेतामै सीमित भइन् । बेस्ट फ्रन्ट नाइन र ब्याक नाइनको उपाधि जितेका पेम्बा शेर्पाले दुवै नाइनमा सर्वाधिक २० स्कोर गरेका थिए । एकदिने प्रतियोगितामा हृदयेश सिंहले लंगेस्ट ड्राइभ, आङ छिरिङ शेर्पाले क्लोजेस्ट टु द पीन र कुल चार बर्डिज प्रहार गरेका नोर्बु शेर्पाले बेस्ट बर्डिजको उपाधि जिते ।
सुपर सिनियरको पुरुषमा डा.भेकबहादुर थापा र महिलामा डा.रिता थापा सफल भए । नेपालका लागि भारतीय दूतावासद्वारा आयोजित प्रतियोगितामा कुल ८० गल्फरको सहभागिता रहेको थियो । प्रतियोगिता स्टेबलफर्ड ३ बाई ५ ह्यान्डिक्याप फरम्याटमा खेलाइएको थियो । नेपाल एसबीआई बैंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा टाटा मोटर्स र पेर्नड रिकर्डको सहप्रायोजन रहेको थियो । प्रतियोगिताको विजेता खेलाडीलाई नेपालका लागि भारतीय राजदूत मन्जिभ सिंह पुरी, प्रधानसेनापति राजेन्द्र क्षेत्री, गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरे र नेपाल एसबिआई बैंकका सिइओ अनुकूल भटनागरले पुरस्कृत गरे ।

प्रतिक्रिया