सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप: शिवरामलाई उपाधि

surya nepal golf tour shibharam

काठमाडौं । नेपाल नम्बर एक प्रो.शिवराम श्रेष्ठले सूर्य नेपाल एनपिजिए टुर २०१६–०१७ च्याम्पियनसिपको उपाधि जितेको छन् । सातौँ संस्करणअन्तर्गत पार ७२ को गोकर्ण गल्फ क्लबमा बिहीबार शिवरामले उपाधि उचाले । उनले सूर्यप्रसाद शर्मामाथि २ स्ट्रोकको जित निकाले । अन्तिम दिन शिवरामले एक अन्डर ७१ स्कोर बनाउँदै कुल चार अन्डर २ सय ८४ स्कोर कार्ड बनाए । यस सिजनको पाँचौँ उपाधि उचालेका शिवरामले आफ्नो करियरको भने ३५औँ उपाधि जिते । उनले ट्रफिसँगै १ लाख १० हजार बराबरको चेक हात पारे ।
उपविजेता बनेका सूर्यले अन्तिम दिन २ ओभर ७४ स्कोर गर्दै कूल १ ओभर २ सय ८९ स्कोर गरे । उनले ट्रफीसँगै ७० हजार प्राप्त गरे । तेस्रो भएका आर्मीका सञ्जय लामाले कूल २ ओभर २ सय ९० स्कोर गरे । उनले अन्तिम दिन २ ओभर ७४ स्कोर कार्ड बनाए । उनले ५० हजार नगद प्राप्त गरे । रामे मगर (७३) र गोकर्ण क्लबका भुवन नगरकोटी(७२)ले समान २ सय ८९ स्कोर बटुल्दै संयुक्तरूपमा चौथो स्थानमा रहे । दुवै समान ३७ हजार ५ सय प्राप्त गरे । राजेन्द्र थापा मगर(७४)ले कुल २ सय ९५ स्कोरका साथ छैटौँ हुँदै ३० हजार प्राप्त गरे । जयराम श्रेष्ठ (७३) र रवि खड्काले (७७) समान कूल ११ ओभर २ सय ९९ स्कोर गरे । उनीहरू संयुक्तरूपमा सातौँ स्थानमा रहँदै २६ हजार नगद प्राप्त गरे ।
त्यस्तै पशुपति शर्मा(७५)ले कुल ३ सय ३ स्कोर बटुल्दा नवौँ स्थानमा रहे । उनले २३ हजार नगद प्राप्त गरे । १०औँ स्थानमा रहेका आर्मीका धन थापा(७१)ले कूल ३ सय ४ स्कोर गरे । उनले २१ हजार नगद प्राप्त गरे । एमेच्योरतर्फ टंकबहादुर कार्कीले बाजी मारे । उनले अन्तिम दिन १ ओभर ७३ को स्कोर कार्ड बनाउँदै कुल ४ ओभर २ सय ९२ स्कोर बनाए । उपविजेतामा चित्त बुझाएका तेन्जिङ छिरिङले ७ ओभर २ सय ९५ स्कोर बनाएका थिए । उनले अन्तिम दिन २ अन्डर ७० को स्कोर बटुलेका थिए । कूल ४० गल्फरको सहभागिता रहेका प्रतियोगितामा ३३ प्रो र ७ एमेच्योर गल्फरको सहभागिता रहेको थियो । प्रतियोगिताका विजेता खेलाडीलाई सूर्य नेपाल प्रालीका बिक्री तथा बजारका उपाध्यक्ष दिप्रा लहरी र नेपाल गल्फ संघका अध्यक्ष टासि घलेले पुरस्कृत गरे ।

प्रतिक्रिया