म्युजिक भिडियोमा कमब्याक अन्जु

aanju koकाठमाडौं  । केही समय म्युजिक भिडियोबाट हराइरहेकी अन्जु निरौलाको कमब्याक भएको छ । आधुनिक तथा लोकगीतको म्युजिक भिडियोमा एकसमय एकछत्र राज गर्न सफल मोडल अञ्जु पुनः भिडियोमा देखिएकी हुन् ।लोकगायिका मुना थापामगर र गीतकार सन्तोष केसीले युगल स्वरमा नयाँ लोक दोहोरी गीत ‘रेसुंगाको भिरमा टुनी छ’ मा उनलाई देख्न पाइने भएको हो ।
गीतमा लय तथा शब्द सन्तोष केसीकै रहेको छ । भिडियोमा अन्जुलाई रमेश केसीले साथ दिएका छन् । प्रकाश भट्टको निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियो हरिनारायण चौधरीले छायांकन गरेका हुन् ।

प्रतिक्रिया