बहुआयामिक कलाकार भानुभक्त

bhanu bhakta joshi

काठमाडौं । सुदूरपश्चिममा जन्मेर नेपाली गीतसंगीतको क्षेत्रमा निरन्तर लागिरहेका एक बहुआयामिक कलाकार हुन् भानुभक्त जोशी । सुदूरपश्चिमका देउडाभाका संकलन र संरक्षणमा जुटिरेहका भानुभक्त आफँैमा राम्रो कवि तथा लेखकसमेत हुन् उनी । बैतडी जिल्लाको दोगडा केदार गाउँपालिका सित्तड बगिल्डामा जन्मेका उनी गाउँकै सूर्यपन्त प्राविबाट कखरा सुरु गरेका उनले भगवती उच्च मावि सित्तडबाट प्लस टु सकाएका हुन् । बैतडीबाट अध्ययनका लागि दार्चुलाबाट बिए र त्रिभुवन विश्व विद्यालयबाट एमए गरेका उनले ०६५ सालमै देउडा भाकाको गीतिएल्बम बजारमा ल्याएका छन् । ‘सुनिता सुन कमल’ बोलको देउडा भाको एल्बम निकालेर संगीतको क्षेत्रमा लागेका उनले ०६५ मै दुई वटा पुस्तकसमेत प्रकाशन गरेका छन् ।

उनको ०६६ सालमा आधुनिक तथा लोक दोहोरी पनि बजारमा आएको छ । उनले ‘सुदूरपश्चिम रंगमञ्च र धर्ती बोल्छ’ नामक दुई वटा पुस्तक ०६९ सालमा आइसकेको छ । उनले यसपछि ‘स्वर्गको सिँडी सँगै चढौँला’ बोलको गीत लय तथा शब्द संकलन गरेर विमल डाँगीले गाएका छन् । ‘दाङकी माया भेटियो धनगढी’ बोलको गीत भने उनले टीका पुनसँग गाएका छन् । पछिल्लो समयमा अभिनयमा समेत उत्तिकै जमेका जोशीले ०७० बाट ‘रक्षावीर’ नामक लघुचलचित्रबाट अभिनय यात्रा प्रारम्भ गरेको सुनाए । उनको ‘जिन्दगी क्या छर ?’ वृत्तचित्रले समेत राम्रै बजार लिएको छ । उनकै रचनामा रहेको ‘गौरा एक महा पर्व’ कृति ०७० मा सार्वजनिक भएको थियो । उक्त पुस्तक अहिले होङकु सिनेमा प्रालीको युट्युब च्यानलबाट नियमित वाचनसमेत भइरहेको छ ।

अहिले बढेको नयाँ आधुनिकता सँगै बिस्तारै देउडा भाकासमेत ओझेलमा पर्न थालेको देखेर यसको संरक्षमा जोडदिन यताउति लागेका उनले ‘छछल्किएको आँशु’ महाकाव्य र शब्दका बादलहरू गजल संग्रह प्रकाशनको अन्तिम चरणमा रहेको समेत सुनाएका छन् । आफ्नो लखनीमा एकदमै विश्वस्त हुँदै उनले जीवनको उत्तरार्धमा राम्रो लेखक बन्ने सपनासमेत पालेका छन् । केही म्युजिक भिडियोमा मोडलिङसमेत गरिसकेका उनले नेपाली लोकगीतहरूको संरक्षणमा विशेष रुचि रहेको बताए । आफ्नो रचनालाई बचाउन गीतसंगीतलाई रोजेका बताउने उनले देउडा भाकालाई आधुनिकीकरणले विस्थापित गर्न लागेकाले यसलाई विशेष संरक्षण आपूmले पहल लिएको बताएका छन् । सुदूरपश्चिमको विशेष भाका नै खतरामा परेकाले यसलाई संरक्षणमा अत्यन्तै आवश्यक रहेको उनको बुझाइरहेको छ ।

प्रतिक्रिया