किरातहरूको मुदुमी आदिम थलो नियामा :नेपालको तराई कि चीनको ह्वाङ–हो नदीको उपत्यका ?

मौखिक रूपमा एकदेखि अर्काे पुस्तामा हस्तान्तरण हुँदै आएको मुदुममा इतिहासभन्दा पुराना प्रागऐतिहासिक स्थानहरूको उल्लेख हुने गर्छ । एक हिसाबले मुदुम हजारौँ वर्षअघिको किरातहरूको यात्रावर्णन पनि हो । यात्रावर्णनमा उल्लेख हुने स्थानका आधारमा किरातहरूको आदिमथलो र बसाइँसराइको मार्गबारे अध्ययन गर्न सकिन्छ । खासमा ती स्थानहरूलाई किरातहरूको प्रागइतिहास चिह्याउने आँखीझ्याल भनिदिए पनि फरक पर्दैन । त्यस्तै एउटा आँखीझ्याल हुन सक्छ नियामा । प्रायः किरात राईहरूको मुन्दुममा आदिमथलोको रूपमा वर्णन हुने यो ठाउँ कहाँ पर्ला भन्नेबारेमा केही अध्येयताहरूले अध्ययन गर्ने प्रयत्न पनि गरेका छन्् । तर, ती अनुमान र सामान्य तर्कका रूपमा मात्र सीमित रहेका छन् । तथ्यहरूका आधारमा नियामाबारे बताउन सक्ने हो भने पाँचदेखि दश हजार वर्षपूर्वका किरातहरूलाई चिन्न सकिन्छ ।

मुदुममा नियामा र निवामा
किरात राईहरूका मुदुमअनुसार उनीहरूको आदिमथलो नियामा÷निवामा हो । तर, केही राईहरूले खुवालुङलाई पनि आदिमथलो बताउने गर्छन् । सबै राईहरूले बताउने साझा कुराचाहिँ के भने खुवालुङपछि वराहक्षेत्र हुँदै किरात पुर्खाहरू सप्तकोसी पार गरेर खोला–नदी पछ्याउँदै नेपालको पूर्वी पहाडमा फैलिएका हुन् ।
मुदुम गाउने क्रममा नछुङ (धामी) हरूले सबैभन्दा पहिला चुलाको पुकार गर्छन् । चुलाको पुकार गरेर क्रमशः सँघार, सिकुवा, बलेसी, आँगन, धारा–कुवाबाट हुँदै आदिमथलो नियामा÷निवामासम्म पुग्छन् र नियामा र निवामाबाट पुकार गर्दै पुनः चुलामै आइपुग्छन् । मुदुम गाउँदा नछुङहरूले एउटा चक्र पूरा गर्छन् । नछुङहरूले सांस्कृतिक (ritual journey)  चुलाबाट सुरू गर्दा नियामा÷निवामाको पुकार अन्तिममा आउँछ भने फर्किंदा नियामा र निवामाबाट सुरू भएर चुलाको पुकार अन्तिममा आउँछ ।
नियामा र निवामाका बारेमा किरात राईहरूका मुदुममा विभिन्नथरि व्याख्या र थरिथरि शब्द प्रयोग भएको पाइन्छ । जस्तो कि कुलुङ राईहरू आदिमथलोलाई नावामा भन्ने गर्छन (Nicoletti, 2006 : 163)  भने चाम्लिङ राईहरूले नियामा र निवामा भन्ने गर्छन् । बान्तावा राईहरूले नेवामा भन्ने गर्छन् भने साम्पाङ राईहरू नेवला÷नेवालालाई आदिमथलो मान्ने गर्छन् । याम्फूहरूले निवालुङ भन्छन् । लिम्बूहरूले सृष्टिसम्बन्धी वर्णन गर्ने मुन्धुमलाई ‘नावा चःइत भन्ने गर्छन् । सृष्टि भन्ने अर्थ बुझाउन प्रयोग गरिने ‘नावा’ शब्द कतै आदिमथलो बुझाउने शब्दबाट अर्थ परिवर्तन पो भएको हो कि ? थप अध्ययनको आवश्यकता छ । किरात राईहरूले भन्ने गरेको आदिमथलो निवामा र नेवामा र नावामासँग यसको नजिकको सम्बन्ध हुन सक्छ ।
कुलुङ राईहरू आफू उत्पत्ति भएको थलो ‘मिनापोंखा हलखुम्बु’ लाई मान्ने गर्छन् । निकोलेट्टीले यो ठाउँलाई सप्तकोसीको तल्लो मैदानको रूपमा व्याख्या गरेका छन् । तर, यो शुद्ध अनुमान मात्रै हो किनभने पुरातात्विक, भाषा र वंशाणु अध्ययनले राईहरूको उत्पत्ति नेपालको तराईमा भएको पुष्टि हुँदैन । कुलुङ धामीहरूले सांस्कृतिक यात्रा गर्ने क्रममा मिनापोंखा हलखुम्बुपछि नावामाको कुरा गर्छन् । कुलुङहरू नावामाको पुकार गरेपछि अन्न उत्पत्ति भएको थलो चासुमपोंखाको कुरा गर्ने गर्छन् । चाम्लिङ मुदुमअनुसार किरातहरू नछुङ (shamanism) सहित नियामा÷निवामाबाट आएका हुन् । मुदुमअनुसार नियामा÷निवामामा सुर्लुमी, मुबुमी, कुबुमीजस्ता नछुङ (धामी) हरू पैदा भइसकेका थिए । अगेना पुज्ने र अजिंगर पुज्ने किरात पुर्खाहरू पैदा भइसकेका थिए । नियामा÷निवामाबाट धामीले ढोल, थाल, कर्छारी (ढोल–थाल बजाउने)हरू ल्याएका थिए ।

चाम्लिङ नछुङहरूले बिरामीको उपचार, शिर उभ्याइदिने आदि थुप्रै कार्य गर्दा नियामा÷निवामाको नाम लिने गर्छन् । कतिपय क्षेत्रका चाम्लिङहरूले नियामा–ताप्कुमा शब्द पनि प्रयोग गर्ने गर्छन् । चाम्लिङ शब्दकोशमा नियामाको अर्थ मधेस भनेर गरिएको छ भने नियामाछँ भनेर पराललाई अथ्र्याइएको छ । बान्तावा शब्दकोशमा नियामालाई मलिलो जग्गा, उब्जाउशील भूमि, बढी अन्न फल्ने जमिन तथा तराई, मधेश भनेर मुन्दुमी शब्दको रूपमा अथ्र्याइएको छ । चाम्लिङ नछुङ (धामी) शिवराज राईका अनुसार नियामा भनेको भारतको काशी हो । तर, यो पनि शुद्ध अनुमान मात्र हो । माथि भनिएजस्तै पुरातत्व, भाषा र वंशाणु अध्ययन कुनै पनि कुराले किरातहरूको आदिमथलो काशी हो भन्ने पुष्टि भएको छैन ।

त्यस्तै गडुलमान राईले नियामालाई नेपालको अहिलेको तराई भनेका छन् । यो पनि उब्जाउशील भूमि देखेर गरिएको व्याख्या मात्र हो । भोगीराज चाम्लिङले चाहिँ नियामा (निवामा÷नावामा÷नायोङ्मा) चीनको सिन्जियाङ प्रान्तमा पर्ने ‘निया’ हुन सक्ने तर्क अघि सारेका छन् । भोट–बर्मेली भाषा परिवारमा स्थाननामका पछाडि ‘मा’ प्रत्यय जोडिने भएकोले ‘निया’ शब्दमा ‘मा’ जोडिएर ‘नियामा’ भएको हुन सक्ने तर्क गरेका हुन् उनले । करेन एबर्टले नियामालाई उब्जाउशील मैदान जहाँ महिला पुर्खा (female ancestor)  पैदा भए भनेर व्याख्या गरेका छन् (Ebert & Gaenszle 2008 : 97) । ठीक यहाँ चाहिँ राहुल सांकृत्यायनले किरातहरू ईसापूर्व १००५० वर्ष पहिले भारतका जंगलमा जहीँतहीँ पाइन्थे, उनीहरू मातृसत्तात्मक व्यवस्थामा थिए ।याम्फूहरूले तराईलाई याङ्ली भन्ने गर्छन् । तर यो नेपालको तराई हो कि चीन अथवा भारतमा पर्छ ?

याम्फू मिन्दुमअनुसार पप्पा र ममेकले निवालुङ सृष्टि गरेका हुन् र निङवालुङ हावाको थलो हो (Yamphu : 50)  । याम्फू मिन्दुममा निवालुङलाई पृथ्वीको कुनै स्थानका रूपमा भन्दा पनि अलौकिक रंग दिइएको छ । साम्पाङ राईहरूका अनुसार नेवला÷नेवाला अन्नबाली उत्पत्ति भएको थलो हो । अहिले उब्जाउशील भूमि देखेर होला, नेवला÷नेवालालाई नेपालको मधेस भनेर खगेन्द्र राईले व्याख्या गरेका छन् । तर, यहाँ स्मरणीय कुराचाहिँ के भने सन् २०१० र २०११ मा लुम्बिनी मायादेवी मन्दिरवरिपरि गरिएको उत्खननले त्यो क्षेत्रमा इसापूर्व एक हजार तीन सयमा प्रारम्भिक खेती सुरू भएको पत्ता लागेको छ । तर, चीनको ह्वाङहो (यल्लो रिभर) र याङ्जे नदीको उपत्यकामा योभन्दा धेरै पहिला इसापूर्व १० हजार वर्षअघि खेतीपाती सुरू भइसकेको थियो । र, यही नदीको उपत्यकाबाट भोट–बर्मेली भाषा बोल्नेहरू बसाइँ सरेर चीन र नेपालमा फैलिएको अध्ययनले देखाएको छ ।
सबैथरि राईहरूको मुदुम संकलन नभइसकेको र कतिपयको संकलन भए पनि खसभाषालगायतमा अनुवाद नभइसकेको कारण नियामा÷निवामाका बारेमा धेरै भन्न सकिएन । तर, उल्लिखित कुराहरूका आधारमा किरात राईहरूले मुदुममा वर्णन गर्ने नियामा÷निवामाका चार वटा विशेषता देखिन्छ । एक, नियामा÷निवामा किरातहरूको आदिमथलो हो । दुई, नियामा÷निवामा खेतीपाती सुरु गरिएको उब्जाउशील थलो हो । तीन, नियामा÷निवामा सम्म परेको मैदान हो । र चार, किरातहरूले नछुङ (धामी) प्रथा नियामा÷निवामाबाट लिएर आएका हुन् । यी चार विशेषताका आधारमा नियामा÷निवामा कहाँ पर्छ भन्ने विश्लेषण गर्न सकिन्छ ।
कागुन खेतीको सुरुआत
किरातहरूले खेती गर्ने प्रागऐतिहासिक अन्नहरूमध्ये कागुनी एक हो । अहिले फाट्टफुट्ट खेती गरिने यो अन्न उनीहरूको पितृपूजामा प्रयोग हुने गर्छ । चाम्लिङ राईहरूले कागुनीलाई फ्यार, साप्खिचा, फेरों भन्ने गर्छन् । बान्तावा राईहरूले फेसाक, फेसा भन्ने गर्छन् । याम्फूहरूले पिया शब्द प्रयोग गर्छन् भने लिम्बूहरू पयारु भन्ने गर्छन् । यता दुमी राईहरूले कागुनीलाई बुछु, बुहु भन्छन् । खालिङहरूले ब्यो भन्ने गर्छन् । सिनो–तिब्बती (भोट–चिनिया) भाषामा कागुनीलाई { (millet) भनिन्छ जुन किरात राईहरूले प्रयोग गर्ने शब्दको मूल हो । पुरातात्विक अध्ययन अनुसार ह्वाङहो (यल्लो रिभर) नदीको माथिल्लो–मध्य उपत्यकामा १० हजार वर्षअघि नवपाषाण युगको विकास भएको थियो । ती मानवहरू आधुनिक सिनो–तिब्बती मूलका पुर्खाहरू थिए । सिनो–तिब्बतीका पुर्खाहरूले ह्वाङहो नदीको माथिल्लो र मध्य–उपत्यकामा १० हजार वर्षअघि कागुन खेती  (millet) सिचुआनमा सुरू भएको थियो ।
किरातहरूले कागुनीका लागि प्रयोग गर्ने शब्द र भोट–चिनियाँ भाषामा प्रयोग हुने शब्दमा समानता हुनु, कागुनीलाई पितृलाई चढाउने पवित्र अन्न मान्नु, चीनको यल्लो रिभरबाट कागुनीखेती अरूतिर फैलिनु र अहिले मासिँदै गए पनि केही समयअघिसम्म नेपालका किरातहरूले कागुनी खेती गर्नुले नेपालका किरातहरूको आदिमथलो चीन हो भन्ने देखिन्छ ।
समनजिम (धामीप्रथा) को उत्पत्ति
समनिजम अर्थात् धामीप्रथा विश्वभरि नै फैलिएको छ । साइबेरियादेखि उत्तर अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलिया, एसिया, अफ्रिका सबैतिर समनिजम पाइन्छ । विद्वानहरूका अनुसार एक क्षेत्रका भाषा र संस्कृति अर्काे क्षेत्रका भाषा र संस्कृतिसँग, त्यस्तै गरेर एक समुदायको र अर्काे समुदायसँग सम्पर्क भएर समनिजम विश्वभरि फैलिएको हो । अहिलेको समनिजम कम्तीमा २० हजार वर्षअघि विकास भएको मानिन्छ । र, समनिजमसँग सम्बन्धित चित्र फ्रान्सको लसकक्स गुफामा फेला परेको छ जुन कार्बनडेटिङबाट १४ हजारदेखि १२ हजार ६ सय इसापूर्व मानिएको छ । समनिजमको उत्पत्तिथलो साइबेरिया र मध्यएसियालाई मानिन्छ । नेपालको तराई क्षेत्र समनिजमको उत्पत्तिथलो होइन । यसका साथै तिब्बती परम्परामा गुरूमपा शब्द प्रयोग हुने गरेको छ जुन शब्द किरातीहरूले धामीका लागि प्रयोग गर्ने मपा, मोपासँग मिल्दोजुल्दो छ । मुदुमले नियामा÷निवामामा धामी पैदा भइसकेको थियो भन्ने बताउने भएकोले नेपालको तराई नियामा÷निवामा हुन सक्दैन ।
६ हजार वर्ष पुरानो भाषा
पछिल्लो समयमा मान्छेको वंशाणुका आधारमा पुख्र्याैली अध्ययन गर्ने विज्ञानको सुरुआत भएको छ । पर्याप्त नभए पनि किरातलगायत थुप्रै जातिको वंशाणु अध्ययन भइसकेको छ । चीनमा त वंशाणुको अध्ययन व्यापकरूपमा भएको छ । ती अध्ययनले चिनियाँ वंशाणु H8 को उमेर २० हजारदेखि ४० हजार वर्ष पुरानो देखिन्छ भने भोट–बर्मेली H8 को उमेर पाँच हजार दुई सयदेखि पाँच हजार नौ सय वर्ष पुरानो देखिन्छ । भाषिक अध्ययनले पनि लगभग वंशाणु अध्ययनले देखाएकै हाराहारीको समय देखाएको छ जसअनुसार प्रोटो–सिनो–तिब्बती भाषा ६ हजार वर्षअघिसम्म बोलिन्थ्यो । त्यस्तै ६ हजार वर्षअघि भोट–बर्मेली भाषा र सिनो (चिनियाँ) भाषाबीच विभाजन भएको थियो ।
केही विद्वानहरूका अनुसार प्रोटो–भोट–बर्मेली भाषा बोल्नेहरू ह्वाङ–हो (यल्लो रिभर) बाट सुरूमा पश्चिमतिर लागेका थिए । त्यसपछि दक्षिणतिर मोडिएर अहिलेको हिमालय क्षेत्रमा बसोबास गरेका हुन् । उनीहरू ह्वाङ–होबाट किङझाइ प्रान्ततर्फ पश्चिम बढेर दक्षिणतिर लाग्दै तिब्बतबाट हिमालय पार गरेर नेपाल आइपुगे । उनीहरू पाँच हजार सात सय वर्षदेखि ६ हजार वर्षअघि नेपाल प्रवेश गरेका थिए । अर्काे रोचक तथ्य के भने चीनको प्राचीन सिल्क रोडमा खोटाङ भन्ने स्थान छ, नेपालमा पनि राईहरू बस्ने पूर्वी पहाडमा जिल्लाको नाम नै खोटाङ राखिएको छ । मानवजातिले आफूसँगै स्थाननाम, भाषा, संस्कृति पनि सँगसँगै लिएर हिँड्ने भएकोले किरात राईहरू चीनबाट यता आउने क्रममा ती स्थानका नामहरू पनि आफूसँग लिएर आएका हुन् भन्न सकिन्छ ।
वंशाणु र बसाइँसराइ
तिब्बततिरबाट हिमालय पार गरेर नेपाल आइपुगेका भोट–बर्मेली भाषा बोल्ने समुदायको बसाइँसराइ विभिन्न समयमा भएको थियो । त्यस्तै अर्को अध्ययनले पनि शृंखलावद्ध रूपमा हिमालय क्षेत्रमा उनीहरूको बसाइँसराइ भएको देखाएको छ । नवपाषाण युगका पहिलो खेती गर्ने भोट–बर्मेलीभाषीका पुर्खाहरू चीनको सिचुआनबाट उत्तरतिर ह्वाङ–हो (यल्लो रिभर) नदीको मलिलो उपत्यकामा सरेका थिए । अर्काे समूह चाहिँ सिचुआनबाट दक्षिणतिर लागेर उत्तर–पूर्वी भारतसम्म आएका थिए । पालिस लगाइएको ढुंगे औजार र कर्ड माक्र्ड पोटरी(cord marked pottery) यहीँबाट उत्तर–पूर्वी भारतसम्म आइपुगेको थियो । र, ती भोट–बर्मेलीभाषीहरू इसापूर्व सात हजार वर्षअघि दुई शाखामा बाँडिएका थिए ।
भोट–बर्मेलीभाषी दुई समूहमध्ये उत्तरी सिचुआन र पूर्वी तिब्बतबाट भूटान तथा सिक्किम आइपुगेको समूहले इसापूर्व चौथो शताब्दीको अन्तिमदेखि तेस्रो शताब्दीको सुरूमा तिब्बती पठार ९उबितगभ० पार गरिसकेका थिए । त्यस्तै काराकोरम हुँदै कास्मिरबाट आएको समूह इसापूर्व तेस्रो शताब्दीको मध्यतिर नेपालको पहाडी भूभागमा फैलिएका थिए ।
सिचुआनबाट दक्षिण–पूर्व लागेकाहरू तिब्बत, भुटान र सिक्किम आइपुगे भने गान्सुबाट पश्चिम लागेकाहरू काराकोरम हुँदै कस्मिरबाट पूर्व हुँदै हिमालयको दक्षिण अर्थात नेपालका पहाडी भूभागमा लिम्बुवानसम्म फैलिए । भोट–बर्मेलीभाषीहरू पश्चिमबाट नेपालको पहाडी भूभागमा फैलिएका थिए । अर्को अध्ययनअनुसार पनि प्रोटो–भोट–बर्मेलीले बसाइँसराइका क्रममा पछ्याएको बाटो चिरपरिचित झाङ (तिब्बत)–मेन कोरिडर ९अयचचष्मयच० हो जुन हिमालय क्षेत्रमा पूर्वबाट प्रवेश गर्ने चिरपरिचित बाटो हो । ह्वाङ–होको माथिल्लो क्षेत्रबाट सुरू हुने यो यात्रा किङघाइ प्रोभिन्स पार गरेर दक्षिणतिर हिमालयतिर लाग्छ । बेरिक ९द्यबचष्अ० शाखा दक्षिणतिर लाग्दै हिमालय पार गरेर भुटान, नेपाल, उत्तर–पूर्वी भारत र उत्तर युन्नान पुग्छ ।
वंशाणु अध्ययनले बताएअनुसार पनि किरातहरू प्रस्टै रूपमा चीनको ह्वाङ–होबाट फैलिएका हुन् । भनेपछि मुदुमले वर्णन गर्ने नियामा÷निवामा चीनमै पर्छ । र, त्यो सायद ह्वाङ–हो नदीको मैदानी मलिलो उपत्यका नै हुनुपर्छ ।
अन्त्यमा म के भन्छु भने मुदुममा वर्णित किरातहरूको आदिमथलो नियामा÷निवामा नेपालको तराई होइन भन्ने कुरा उल्लिखित चार वटै तथ्यले बताइरहेको छ । यद्यपि, यो अध्ययन पनि पर्याप्त होइन तर मेरो सीमित अध्ययनले चाहिँ नियामा÷निवामा चीनको ह्वाङ–हो नदीको उपत्यकामै पर्छ भन्ने निचोडमा पुगेको छु । थप बहस र अध्ययन चालु रहने नै छ ।

पाठक पत्र
किराती समुदायको महान पर्व साकेला
किराती समुदायको महान पर्व साकेला उभौली आजदेखि सुरु भएको छ । हरेक वैशाख पूर्णिमाको दिन मनाइने यो पर्व विशेष गरेर पूर्वक्षेत्रमा मनाइन्छ । किराती समुदायले बसोवास गर्दै आएका क्षेत्रहरूमा मनाइने यो पर्व वर्ष दुईपटक मनाइन्छ । किरात राईहरूले साकेवा, साकेन्वा, साखेल, तोष, तोसी आदी नामले चिनिने यो पर्वमा सुनुवार राई, लिम्बू समुदायमा समेत उत्तिकै महत्वका साथ मानिँदै आएको छ । किरात राइहरूको वर्षमा मनाइने मुख्य दुईवटा पर्वहरू मध्ये एउटा उभौली हो भने अर्काे उधौली । प्रकृति पूजक किराती समुदायमा यी दुबै पर्वहरूलाई प्रकृतिसँगै जोडेर हेर्ने प्रचलन रहेको छ । प्राकृतिक परिवर्तन सँगै आउने परिवर्तनका आधारमा यी पर्वहरू मनाइन्छ । प्रकृतिलाइ पुज्ने किरात राईहरूले खेती लगाउने समयमा उभौली पर्व मनाउँछन् । यो समय गर्मीबाट बच्न सबै प्राणीहरू चराचुरुंगी अनि अन्य प्राणीहरू पनि उँभोतिर लाग्ने भएकोले यो पर्वलाइ उभौली भनिएको हो ।

यस्तै गर्मीबाट बच्न लेकतिर लाग्ने भएकाले यो उभौलि पर्व नाम रहन गएको उनको भनाइ छ । अनि फेरि मौसम परिवर्तनसगै जाडोबाट बच्न तलतिर झर्ने समयमा मनाइने पर्वलाइ भने उधौली पर्व भनिन्छ । उभौलीको समय विशेषगरि खेती लगाउने समय भएका कारण बाली राम्रो होस् र खाद्यान्नको संकट नहोस् भन्ने कामना गरिन्छ । भूमि अर्थात् प्रकृति तथा पितृलाई मान्ने यो समुदायले भूमि पूजा गरेर अन्नको सह अर्थात् उत्पादकत्वमा वृद्धिको कामना गर्ने प्रचलन रहेको छ । पूजा सँगसँगै किरात राई समुदायका मानिसहरू खुसी साटासाट गर्दै सबै कुरा बिर्सेर ढोल झ्याम्टाको साथमा गोलो घेरा बनाएर साकेला नाच्ने गरिन्छ । प्रकृतिमा भएका जीवजन्तुको नक्कल गर्दै नाचिने साकेला सिलिमा उत्पादनको कुरादेखि सृष्टिका कुराहरू समेत नक्कल गर्ने प्रचलन छ ।

पौराणिक कथाका अनुसार स्वर्गमा बस्ने पारुहाङ र धर्तीमा बस्ने सुम्निमाको देखादेख पछि माया बस्छ र विवाह हुन्छ । विवाहको केही समयपश्चात पारुहाङ अन्तै लाग्छन् र सुम्निमासँग लामो सयम भेट हँुदैन । जब पारुहाङ फर्किन्छन् र पुनः सुम्निमासँग भेट्छन्, सुम्निमाले गुनासो पोख्छिन् र छोडेर जानुको कारण सोध्छिन् । सुरुमा त पारुहाङले ढाँट्छन् तर जब उनले सत्य कुरा बताउँछन् सुम्निमा खुसी हुन्छिन् र सबै कुरा भुलेर नाच्न थाल्छिन् । त्यही नाच नै अहिलेको साकेला नाच भएको जनविश्वास रहिआएको छ पारुहाङ र सुम्निमालाइ किरात राइले आफ्नो पुर्खाको रूपमा पुज्ने गरेको छन् ।
यता अर्को किम्वदन्तीमा किरात समुदायको उदगमस्थल मानिएको तायाचुङ जायजुमको कथाबाट समेत साकेलालाई व्याख्खा गर्ने गरिएको छ । किराती पुर्खा पातेसुङ र दिलिदुमको दुई बहिनी छोरीहरू तोयामा खियामा र एक माइीत रेछाकुले (जाउमा ख्लिउमा खक्चिक्पिु ) माइतीसँगको भेट नहुँदाको कथा जोडेर अन्तिममा दिदाम छिदाम गर्दा चेलीहरू आवश्यक परेको चेलीहरूलाई बोलाएर रीतिपु¥याई चेली माइती नाच्न थालेका कथाहरू समेत सुन्न पाइन्छ ।
भीम दुमी

प्रतिक्रिया