बुनपाका मेयरका उम्मेदवार खरेल भन्छन् ; अरुले कुरा गर्छन्, मैले काम गरेको छु

Budhanilkantha-A

काठमाडौं, २७ वैशाख । तर्फबाट बुढानीलकण्ठ नगरपालिकाको मेयर पदका उम्मेद्ववार उद्धव खरेल साधारण जीवनशैली र सृजनशील ब्यक्तित्वका रुपमा चिनिन्छन् । लामो समय जनप्रतिनिधिका रुपमा जनसेवा गरेका खरेल अन्य दलका प्रत्यासी भन्दा अनुभवी र सक्रिय ब्यक्ति हुन् ।

१६ बर्ष शिक्षण पेशा गरी २०५४ मा चपली गाउँ विकास समितिको अध्यक्ष भएर सफल जनप्रतिनिधिको भूमिका पूरा गर्नुभएका खरेललाई एमालेले बुढानीलकन्ठ नगरपालिकाको मेयरका रुपमा अगाडि सारेको छ । उपमेयरमा भने एमालेले शिक्षा क्षेत्रमा लामो अनुभव संगालेकी रमा राईलाई उम्मेदवार बनाएको छ ।
उनै मेयरका उम्मेदवार  खरेलसंग गरिएको कुराकानीको संक्षेप ; —

बुढानीलकण्ठ नगरपालिकामा मेयरकाका लागि तपाईको उम्मेवारी किन ?
काठमाडौंको उत्तरी भेगमा अवस्थित बुढानीलकण्ठ विकासको प्रचुर संभावना भएको क्षेत्र हो । स्थानीय तह पुनर्संरचना हुँनुभन्दा केही अघि नगरपालिका घोषणा भएको यसमा बिगतमा ६ वटा गाबिसहरु मर्ज गरिएको छ । १३ वटा वडामा विभाजित यस नगरपालिकाभित्र प्राकृतिक र सांस्कृति सम्पदा प्रशस्त मात्रामा छन् । बुढानीलकण्ठ यसै क्षेत्रमा छ भने कपन गुम्बा लगायत स्थानहरु देश तथा विदेशमा प्रख्यात रहेको छ। बागद्वारदेखि गोपीकृष्णसम्म फैलिएको यस क्षेत्रलाई एउटा पर्यटकीय गन्तब्यको रुपमा विकास गर्ने योजनासहित सूर्यध्वजाबहाक उम्मेदवारको रुपमा मैदानमा उत्रिएको हुँ । यस क्षेत्रलाई ठमेलपछिको पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने विश्वास छ । केन्द्र सरकारबाट प्राप्त हुने वित्तीय अनुदान मात्रै होइन । हामी आन्तरिक स्रोत पनि पर्याप्त जुटाउन सक्छौं ।  हामी सार्वजनिक यातायात र यस नगरको विकासका लागि सार्वजनिक यातायात सेवालाई बढी प्रभावकारी र व्यवस्थित बनाउने छौं । बुढानीलकण्ठ क्षेत्रको समग्र विकासका लागि गुरुयोजना निर्माण गरेर लागिने छ ।

तपाईको जीतको आधार के के हुन् ?
हाम्रो संगठन पहिलेदेखि नै मजबुत रहेको छ । यस नगरपालिकाभित्र पारिएका सबै गाबिसमा नेकपा एमालेले स्थानीय निकायमा जीत हासिल गरेको थियो । संविधानसभाको निर्वाचन क्षेत्रमा यो चार र पाँच नम्बर क्षेत्रमा पर्छ । दुवै संविधानसभा चुनावमा एमाले यस गाबिसको सबै क्षेत्रमा एमाले पहिलो दलको रुपमा रहेका छौं । विष्णु बुढानीलकण्ड, खड्ग भद्रकाली, चपली, महाकाल, चुन्नीखेल र कपनमा सबै क्षेत्रमा एमालेको राम्रो प्रभाव छ र संगठन छ ।

यस क्षेत्रको विकास निर्माणको काममा एमाले सधै अग्रपङ्तीमा रहेर जनताको सेवा गर्दै आएको छ । म आफै पनि एक कार्यकाल चपलीको गाबिस अध्यक्षको रुपमा काम गरेको हुँ । स्थानीय निकाय भंग भयो तर आर्थिक र सामाजिक काम भने छाडिन । स्थानीयस्तरमा पार्टीको नेतृत्व गर्ने मात्रै विभिन्न सामाजिक र साँस्कृतिक काममा पनि संलग्न रहे ।

अर्को पार्टीले राष्ट्रिय राजनीतिमा खेलको भूमिका पनि हो । संविधान निर्माण होस मात्रै नभएर कार्यान्वयन समेत एमालेले नेतृत्व गरेको जनता तथा मतदाताले बुझ्नु भएको छ। स्थानीय निकायलाई अधिकार सम्पन्न बनाउन विषयमा एमालेले लिँदै आएको दृष्टिकोणले पनि जनतामाझ जान सकिलो मात्रै भएको छैन गर्वले छाति चौडा बन्ने गरेको छ।

विपक्षी उम्मेदवारहरु कस्ता छन् भन्ने कुरामा जानकारी मतदातालाई राम्रोसँग थाहा पाउनु भएको छ। उनीहरुको व्यवसाय र काम गर्ने गर्दछन् र कस्तो छ भनेर थलीभाँती थाहा छ । कमजोर विपक्ष आन्तरिक द्वन्द्वको कारण झनै कमजोर बन्दै गएको छ ।

प्रतिक्रिया