विकास र समृद्धि मूल एजेन्डा ।

स्थानीय तहको चुनाव नजिकिँदै गर्दा बनेपा नगरपालिकाको घरदैलो अभियानमा सहभागी भएका दुई ठूला पार्टी कांग्रेसबाट राम जोशी र एमालेबाट लक्ष्मीनरसिंह बादे मेयरका दावेदार छन् । प्रस्तुत छ उनीहरूसँग हाम्रा काभ्रे संवाददाता शुकदेवसँगको कुराकानी ।

n c banepa

तपार्इंको जित्ने आधार के हो ?
विगत लामो समयदेखि राजनीतिमा छु । प्रजातान्त्रिक संगठन र अहिलेसम्मको काम जहिलदेखि नगर बन्यो त्यही दिनदेखि जनताको सेवा गर्दै आएको छु । नगरवासीहरूसँग मेरो व्यक्तिगत सम्बन्ध राम्रो छ । र हाम्रो पार्टीको संगठन पनि मजबुत छ । पछिल्लो समयमा युवाहरूको व्यापक सहभागिता र जनलहरले गर्दा मेरो जित सुनिश्चित छ ।
तपार्इंको विकासका योजना के–के हुन् ?
बनेपा नगरपालिका हाल १४ वटा वडामा विभाजित छन् । संंभावित ठाउँहरूमा विभिन्न क्षेत्रका उद्योगहरू स्थापना गर्ने स्वच्छ वातावरण बनाउने, सबै ठाउँहरूमा विकास गरी स्थानीय उद्योगहरू सञ्चालनमा ल्याउने । हाल कायम रहेको नगरभित्रका लिंक रोड स्तरोन्नति, कालोपत्रे गर्ने र सवारी आवागमनलाई सहज बनाई स्वच्छ वातावरण निर्माणमा विकास र समृद्धिको मार्ग खोल्ने मेरो योजना छ ।
स्थानीय तह मेयरको निर्वाचनमा अरूभन्दा बलियो भन्ने आधार के ?
नेपाली राजनीतिमा नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी हो । अझै म स्थानीयवासी बनेपाकै हुँ । एउटा यस्तो परिपाटी छ अरूबेला बाहिर बस्ने अनि चुनावको बेला स्थानीय हुँ भन्दै विभिन्न पार्टीबाट टिकट लिनेको जमात रहेकै कारण पनि एउटा बलियो आधार यही हुनेछ । अझै म स्वयं राजनीतिक र समाजसेवाको हिसाबले अरू प्रतिस्पर्धीभन्दा अगाडि छु । पहिल्यैबाट यस नगरमा हाम्रो पार्टीको संगठन मजबुत छ साथै सबै भ्रातृ संगठन उत्तिकै क्रियाशील र संगठित छ । हाम्रो पार्टी र भ्रातृ संगठनप्रति नेता कार्यकर्ताको अद्भुत लगाव र प्रेम र यसप्रति उर्लंदो जनलहर नै अरू पार्टीभन्दा बलियो भएको आधार हो ।
जितपछि सबैको साझा मेयर बनेर प्रस्तुत हुन सक्नुहुन्छ ?
अवश्य नै मेरो विचार राष्ट्रियता, लोकतन्त्र र समाजवाद हो । राजनीतिक रूपमा जुनसुकै विचार बोके पनि बनेपाको विकास र निकासलाई मेरो साथ रहन्छ । अभैm चुनावी उम्मेदवारको रूपमा म कांग्रेसको उम्मेदवार रहे पनि म नगरवासीहरूको मेयर हुनेछु । नगरवासी विकास उन्नति र समृद्धि नै मेरो समृद्धि हो । त्यसका लागि नगरभित्रका विभिन्न विचार बोकेका पार्टी व्यक्ति समूहलाई विभेदरहित व्यवहार र उनीहरू नगर व्यवस्थापन सहभागी गराउन मेरो प्रमुख कर्तव्य र दायित्व हो ।
युवा, विद्यार्थी, किसान, व्यवसायी, महिला र दलितका लागि के योजना छ ?
युवा, विद्यार्थी, किसान, व्यवसायी, महिला र दलितका लागि छुट्टा–छुट्टै योजना बनाएको छु । एउटा छुट्टै घोषणापत्र तयार गरेको छु । त्यो पूरा अवश्य गर्नेछु । नगरभित्र सम्भावना रहेका पर्यटन उद्योग, धार्मिक र सांस्कृतिक महत्वको क्षेत्रलाई पनि मेरो छुट्टै योजना छ । पर्यावरण विकास सहकारी प्रवद्र्धन तथा दिगो व्यावसायिक कृषि विकास गरी रोजगार तथा स्वरोजगारको विकास गर्नेछु ।
विद्यार्थी, नगरभित्र प्राविधिक विषयको व्यवस्थापन तथा अन्तर्राष्ट्रिय उच्च शिक्षा हासिल गर्न पूर्ण तथा आंशिक छात्रावृत्ति र सर्वसुलभ शैक्षिक कर्जाको व्यवस्थापन स्किम सञ्चालन नगर भित्र गर्नेछु । अन्त्यमा तपाईंमार्फत सबै बनेपालीलाई मलाई भोट दिई सहयोग गरिदिनुहुन अनुरोध गर्दछु ।

तपार्इंको जित्ने आधार के हो ?
बनेपाको अहिलेको सवालमा एमालेमा प्रवेशीहरूको ठूलो लहर हुनु । यही मेयरका लागि १९ वर्षदेखिको प्रयास मेरो हुनु । मैले त्यसैअनुरूप सामाजिक कामहरू, विकासका कामहरू, जनतालाई परेको कुनै पनि किसिमको समस्याहरूमा सहयोगसमेत गर्दै आएको छु । मेरो जित्ने मुख्य आधार भनेकै बनेपालीहरूप्रति मेरो त्याग र बनेपालीवासीहरू चाहना नै जित्ने आधार हो ।uml banepa

तपार्इंको विकासका योजना के–के हुन् ?
मुख्यतः बनेपाका लागि खानेपानीलाई चाँडै एकीकृत खानेपानीमार्फत व्यवस्थापन गर्ने त्यो अलावा पनि विभिन्न स्रोतहरू पहिचान गर्ने, फोहोर व्यवस्थापनको काम नहुँदा खेरी जुन दुर्गन्ध छ यदि म मेयर भएको खण्डमा फोहोरलाई मोहोर बनाउने योजना छ । अरनिको राजमार्गमा पानी प¥यो भने हिलो घाम लाग्दा धुलो हुने समस्या, पूर्वी यातायातको बस पार्किङ र पर्यटकीय क्षेत्र बनाउनेलगायत विकासको क्षेत्रमा मेरो योजना छ । जुन पूरा गर्न हामीसँग इच्छा, क्षमता र तत्परता सबै हामीसँगै छ ।

तपाईं अरू उम्मेदवारभन्दा बलियो भन्ने आधार के छ ?
केन्द्रीय अध्यक्षज्यूले सार्वभौमसत्ता जोगाउने काम भएको थियो । त्यसबाट निकै जनता प्रभावित भएका छन् । भूकम्पदेखि विभिन्न संकटहरू नाकाबन्दीलगायतको संकटको निवारण गरेको अवगत नै छ । अन्य पार्टीको अगाडि यो काम नमुना नै छ ।

जितपछि सबैको साझा मेयर बनेर प्रस्तुत हुन सक्नुहुन्छ ?
म चुनावअघि मात्रै पार्टीको हुँ चुनावपछि सिंगो बनेपालीहरूको हुँ । पक्कै सकिन्छ सम्पूर्ण बनेपालीहरूलाई बराबरी राखी कुनै भेदभावविना नै आफ्नो काम कर्तव्य र अधिकारलाई प्रयोग गरी विकासमा लाग्नेछु ।

युवा, विद्यार्थी, किसान, व्यवसायी, महिला र दलितका लागि के योजना छ ?
युवा लक्षित कार्यक्रममा सर्वप्रथम स्वरोजगारको योजना छ । उनीहरूका लागि खेल मैदान बनाउने, किसानद्वारा उत्पादित वस्तुलाई सुव्यवस्थित बजार बनाउनेछु । किसान लक्षित कार्यक्रमलाई ध्यानमा राखी उत्पे्ररणा जगाउने काममा लाग्नेछु । दलित र महिलाका लागि नगरपालिकाबाट हुन सक्ने कुनै कसुर पनि बाँकी नराखी काम गर्नेछु । अन्त्यमा सबै बनेपावासीलाई एकचोटी मौका दिए बनेपाको विकास गर्नेछु बनेपालाई सुधार गर्नेछु । भोट हालेर विकास र समृद्धिको ढोकालाई जिताउनुस् ।

 

प्रतिक्रिया