ओर्लियो पुँजी बजार

काठमाडौं । साताको दोस्रो दिन सोमबार पुँजी बजार ओर्लिएको छ । सोमबार बजार १७ दशमलव ९४ अंकले घटेको हो । १ सय ४२ कम्पनीको १६ लाख २६ हजार ४ सय ३१ कित्ता सेयर खरिदबिक्रि भएको बजारमा ९६ करोड ५२ लाख ३ हजार २ सय ८४ रूपैयाँको कारोबार भएको छ ।
सोमबार उत्पादनमूलक समूहबाहेक सबै समूहको सूचक रातो भएका छन् । बैंकिङ समूहको सूचक १९ दशमलव १७ अंक, होटल समूहको सूचक २३ दशमलव ३, विकास बैंक समूहको सूचक १४ दशमलव ३ जलविद्युत समूहको सूचक २२ दशमलव ४४ अंकले घटेको छ ।
यस्तै, फाइनान्स समूहको सूचक ४ दशमलव २, बीमा समूहको सूचक ८३ दशमलव ७४ र अन्य समूहको सूचक ८ दशमलव ६७ अंकले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । उत्पादनमूलक समूहको सूचक भने ० दशमलव २३ अंकले बढेको छ ।

प्रतिक्रिया