सरकारी स्वच्छन्दताको पराकाष्ठा !

सोमबार बिहानै प्रहरीले आफ्नै बहालवाला डिआइजीलाई पक्राउ गरेको छ । बयान दिन आफ“ै नआएको भन्दै प्रहरीका बहालवाला डिआइजी नवराल सिलवाललाई पक्राउ गरिएको थियो । कानुनी परामर्शका लागि बार एसोसिएसनका पूर्वअध्यक्ष शम्भु थापाको घर पुगेका सिलवाललाई प्रहरीले पक्राउ गरी प्रहरी प्रधान कार्यालय लगेको थियो । सिलवालले तत्काल आफन्तमार्फत बन्दीप्रत्यक्षीकरणको रिट दिएकाले हाल उनी अदालतको आदेशले रिहा भइसकेका छन् । प्रहरीले सिलवालस“गै अधिवक्ता थपालाई पनि नियन्त्रणमा लिएको थियो । प्रहरी प्रधान कार्यालयले उनलाई किर्ते तथ्यांक पेस गरेको आरोपमा अनुसन्धान गरिरहेको र त्यसको सिलसिलामा उनलाई पक्राउ गरिएको बताएको छ ।
सरकाले जयबहादुर चन्दलाई कानुन र नियमावली मिचेर आइजिपी बनाएको थियो भन्ने कुरा अब पुष्टि गरिरहनु परेन । सर्वोच्च अदालत सरकारले वदनियतपूर्वक आइजिपी नियुक्त गरेको भनिसकेको र सरकारले नै दोस्रोपटक वरीयतामा चन्द चौथो नम्बरमा देखाएकाले यसको पुष्टि भइसकेको छ । सरकारको दोस्रोपटकको नियुक्त पनि वदनियत भएकोभन्दै सिलवाल अदालत गएका हुन् । अदालतले यो रिटमा अन्तरिम आदेश नदिए पनि खारेज गरेको छैन, विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा सोही विषयस“ग सम्बन्धित आरोप प्रहरी प्रधान कार्यालयले लगाएको देखिन्छ । सम्भवतः यही कारणले सिलवाल बयानका लागि प्रधानकार्यालय नगएका हुन सक्छन् । यो एककिसिमको सरकारको स्वच्छन्दता हो । लोकतन्त्रमा पक्राउ पर्ने व्यक्तिलाई आफूलाई पक्राउ गर्नुको कारण बारे अग्रिम जानकारी पाउने अधिकार हुन्छ । पक्राउ पुर्जी नदिई कसैलाई पक्राउ गर्न पाइ“दैन । पक्राउ गरेपछि पक्राउ परेका व्यक्तिलाई मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित गराउनु पर्छ । हाम्रो देशको कानुनले पनि अदालतको आदेशविना प्रहरीलाई आफूखुसी अनुसन्धानको आदेश दिएको छैन । नागरिकको यो अधिकार नया“ संविधानले पनि मौलिक हकको महलमै उल्लेख गरेको छ । सरकारले सिलवाललाई पक्राउ गरेर बहादुरी देखाउने कोशिस गरे पनि अदालतले त्यसलाई निकम्मा बनाइसकेकाले भन्न सकिन्छ सरकारको यो काम ओलीले संसद्मा भनेझै“ ‘ध्रुवे हात्ती’ जस्तै मैमत्ताको परिचायक हो ।
सिलवाल पक्राउ गर्ने उनै आइजिपी प्रकाश अर्याल हुन् जसले केही दिनअघि सात दिनभित्र बालकृष्ण ढुंगेललाई पक्राउ गर्नु भन्ने अदालतको आदेश उल्लंघन गरेर लाचारीको पत्र पठाएको छ । प्रधानमन्त्रीस“गको सल्लाहमा ढुंगेल भारत गएको चर्चा छ । अदालतले ‘ज्यानमारा’को अभियोग ठहर गरी सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका व्यक्तिलाई ससम्मान भारत बिदा गर्ने त्यही प्रहरी र सरकार आफूमाथि अन्याय भयो भनेर कानुनी लडाइ“ लडिरहेको बहालवाला डिआइजीलाई पक्राउ गर्छ भने योभन्दा सरकारी स्वच्छन्दा र अराजकता अन्त कहा“ पाइएला ! भनिन्छ ‘भगवान्के घर मे देर है अंधेर नही’ यी सबै मैमत्तता, स्वच्छदाता र अराजकतालाई जनताले हेरिरहेका छन् । यसको हिसाब ढिला होला तर, जनताले हिसाबै गर्दैनन् भन्ने हु“दैन । जुन दिन जनताले सजाय सुनाउनेछन् यस्ता अराजकता कारणीहरूले ‘पानी’ पनि उच्चारण गर्ने समय हुने छैन ।

प्रतिक्रिया