भगवती, गंगा र स्नेहा क्वाटरफाइनलमा

bhagwati ,ganga quarter final
काठमाडौं । भगवती विक, गंगा शर्मा र स्नेहा यादव पाँचौँ सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको महिला सिंगल्समा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला लन टेनिस संघद्वारा आयोजित प्रतियोगितामा भगवतीले सलोनी तामाङलाई ६–२ र ६–१, गंगाले अभिलाषा विष्टलाई ६–१ र ६–१ तथा स्नेहाले प्रकृति श्रेष्ठलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । पुरुष सिंगल्समा रञ्जन श्रेष्ठले प्रितम परियारलाई ६–० र ६–१, अभिनव आचार्यले श्रीयान्स अग्रवाललाई ६–० र ६–२, सुव्रत बस्नेतले डा. देव थापालाई ६–४ र ६–० र प्रदीप खड्काले कोनोन एफ. स्क्युसलाई ६–१ र ६–०, पुरुष सिंगल्समा कुवेहाङ चेम्जोङले निशान श्रेष्ठलाई ६–१ र ६–१, विकास खड्काले सन्दीप पौडेललाई ६–० र ६–० तथा अदित सुवेदीले नवीन श्रेष्ठलाई ६–२ र ६–४ को सिधा सेटमा हराउँदै प्री–क्वाटरफाइनलमा स्थान पक्का गरे । भेट्रान ३५ वर्षमाथि पुरुष सिंगल्समा आत्माराम कार्की, रोहित सुनुवार, नीरज थापा, कमल भण्डारी, छेवाङ लामा, सञ्जीव श्रेष्ठ, सुवोध अधिकारी र डा. देव थापा प्री–क्वाटरफाइनलमा पुगे । भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विभु कायस्थ, समीर शेरचन, संग्रामसिंह लामा, मनोहरदास मुल, विमल गुरुङ, प्रदीप शाह, अमृत रोका र विकास गुरुङ अन्तिम १६ मा स्थान बनाउन सफल रहे । भेट्रान ५५ वर्षमाथि पुरुष डबल्समा डा. पवित्रजंग रायमाझी र नरेन्द्र रावल तथा प्रेमकुमार शाही र अमृत कंशाकार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । भेट्रान ६५ वर्षमाथि पुरुष सिंगल्समा मुरारीभक्त माथेमाले प्रतिद्वन्द्वी चन्द्रमान तुलाधरबाट वाकओभर पाउँदै क्वाटरफाइनलमा पुग्न सफल भए ।
प्रतियोगिताको मुख्य प्रायोजक सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक कार्यक्रमबीच उद्घाटन गरे । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् र सातदोबाटोस्थित टेनिस कोर्टमा हुने साताव्यापी प्रतियोगितामा २ सय ५२ खेलाडीले विभिन्न ८ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् । पुरुष÷महिला सिंगल्स विजेताले ३० हजार, उपविजेताले १५ हजार, सेमिफाइनलिस्टले ७ हजार ५ सय र क्वाटरफाइनलिस्टले ३ हजार ७ सय ५० नगद पुरस्कार पाउनेछन् । पुरुष डबल्स÷मिक्स डबल्समा पहिलो हुनेले २४ हजार, दोस्रोले १२ हजार तथा सेमिफाइनलिस्टले ६ हजारका दरले नगद पुरस्कार जित्नेछन् । त्यस्तै ३५ र ४५ वर्षमाथि विजेताले १५ हजार र उपविजेताले ७ हजार ५ सय नगद पुरस्कार हात पार्नेछन् ।

प्रतिक्रिया