गोर्खा राइनोज र लंकन लायन्सबिचको क्रिकेट स्थगीत

काठमाडौं । गोर्खा राइनोज र लंकन लायन्सबिच हुने भनिएको टी–२० क्रिकेट शृंखला स्थगित भएको भएको छ । आयोजक पेरिविंकल सर्विसले शनिबार विञप्ती जारी गर्दै वैशाख १२ देखि वैशाख १८ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानमा तय भएको मैत्रिपुर्ण खेल स्थगीत भएको जनाएको हो । आयोजकले देशको वर्तमान राजनीतिक अवस्थाका कारण अनिश्चितकालका लागि स्थगित गर्नुपरेको जनाएको छ ।
आयोजकले स्थानीय निकायको निर्वाचनका कारण शृंखला स्थगित गर्न बाध्य भएको दाबी गरेको छ । उक्त च्यारिटी म्याचमा तीन खेलको शृंखला रहेको थियो ।लंकन लायन्सबाट श्रीलंकाका लिजेन्ड सनथ जयसूर्या, चामिन्दा भास तथा वर्तमान श्रीलंकाली टोलीका स्टार खेल्ने आयोजकले जनाएको थियो । (सौस)

प्रतिक्रिया