रबिनले ल्याए ‘पहिलोपटक’

काठमाडौं । गायक रबिन पौडेलको नयाँ गीत सार्वजनिक भएको छ । काठमाडौं स्थायी घर भएका रबिन विगत केही समयदेखि कामको सिलसिलामा दुबईमा छन्् । गीतमा रबिनको नै शब्द छ भने, प्रशान्त पौडेलले संगीत सिर्जना गरेका छन्् । हाल दुबईमा रहेका रबिनले यो गीत दुबईको स्टुडियोमा रेकर्डिङ गरेको बताए । सानैदेखि गीतसंगीतमा रुचि राख्ने रबिन भविष्यमा नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउने अफ्नो लक्ष्य रहेको बताए । रबिनले गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरेका छन् । भिडियोमा नेपालकी चर्चित तथा सेक्सी हिरोइनको रुपमा परिचित सुष्मा कार्कीको अभिनय छ । सुष्मासँग संगीतकार प्रशान्त पौडेलको पनि अभिनय देख्न सकिन्छ ।
‘पहिलोपटक त्यो आँखाले मलाई खोजेको पाएँ, लजालु तिम्रो नजरमा म त झन् झन् हराएँ’ बोलमा रहेको गीतको भिडियो बिक्रम चौहानले निर्देशन गरेका छन् । आगामी दिनमा दर्शक तथा स्रोताको रोजाइ अनुसारका गीत गाउने तयारीमा आफू रहेको रबिनले जानकारी दिए ।

प्रतिक्रिया