नाई नभन्नु ल ५’ मुख्य हिरो अनुभव रेग्मी

priyanka-bikash-and-anuvab
काठमाडौं । निर्देशक विकास आचार्यले ‘नाई नभन्नु ल ५’ निर्देशन गर्ने भएका छन् । विकासले निर्देशन गर्ने यो चलचित्रको कथा तयार गर्ने काम भइरहेको छ । विकासले आफ्नो जन्मदिनमा चैत्रको अन्तिम साता रिलिज गर्ने गरी ‘नाई नभन्नु ल’ को पाँचाँै शृंखला निर्देशनको घोषणा गरेका हुन् । चलचित्रमा अनुभव रेग्मी मात्र मुख्य भूमिकामा हुनेछन् ।
अनुभवले ‘नाई नभन्नु ल’ को यस अगाडिको सबै सिरिजमा काम गरिसकेका छन् । विकासले भने, ‘हाम्रो चलचित्रको मुख्य नायक नै अनुभव हुन्, अन्य कलाकार कथा तयार भएपछि फाइनल गर्नेछाँै ।’ ‘नाई नभन्नु ल’ को सिरिज सफल भएपछि विकासले यो नामलाई छाड्न सकेका छैनन् । चलचित्रका लागि गीत वसन्त सापकोटाले तयार गरिसकेका छन् ।

प्रतिक्रिया