पारसको आक्रामक ब्याटिङपछि धनगढी प्ले अफमा

DPL
कैलाली । सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा पारस खड्का नेतृत्वको धनगढी टिम चौराह प्ले अफमा प्रवेश गरेको छ । प्रतियोगितामा अपराजित तथा अंक तालिकाको शीर्षस्थानमा रहेको रूपन्देही च्यालेञ्जर्सलाई ६ विकेटले पराजित गर्दै घरेलु टिम धनगढी अन्तिम ४ मा प्रवेश गरेको हो ।
सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रूपन्देहीले २० ओभरमा ६ विकेट गुमाउँदै ९१ रन मात्रै बनाउन सक्यो । खराब सुरुआत गरेको रूपन्देहीले १६ रन हँुदा ४ विकेट गुमाइसकेको थियो । उसका लागि प्रकाश केसीले सर्वाधिक ४९ तथा अन्तिम थापाले ११ बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । रूपन्देहीलाई कम रनमा समेट्न धनगढीका लागि ललित राजबंशीले ४ विकेट लिए भने सुशान भारी र सौरभ खनालले १–१ विकेट पाए ।
९२ रनको विजय लक्ष्य लिएर मैदान उत्रिएको धनगढीले ११ ओभरमा ४ विकेट गुमाउँदै विजय लक्ष्य पूरा ग¥यो । पिडिएलको कुनै पनि खेलमा नचलेका कप्तान पारस खड्का लिग चरणको अन्तिम खेलमा चम्किँदै आफ्नो टिमलाई प्लेअफमा पु¥याउन सफल भए । २१ बलमा ४२ रन हानेका उनले ७ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, धनगढीका आरिफ सेखले ९ बलमा १५ तथा राजु रिजाल र अमरसिंह रौटेलाले १३÷१३ रन जोडे । रूपन्देहीका लागि साहद आलमले २ र कृष्ण कार्कीले १ विकेट लिए ।
यसअघि एउटा मात्र खेल जितेको पारस खडकाको कप्तानीमा रहेको टिम चौराहाले प्ले अफमा पुग्न १४ ओभर ३ बलमा जित लक्ष्य भेटाउनुपर्ने थियो । यदि, त्यस्तो नभए कञ्चनपुर आइकोनिक प्लेअफमा पुग्ने अवस्था थियो । तर, ११ ओभरमै धनगढीले लक्ष्य भेटाएपछि कञ्चनपुर आइकोनिक समान ४ अंक भए पनि रनरेटका आधारमा प्रतियोगिताबाट बाहिरिएको छ । अंक तालिकाको पुछारमा रहँदै सिवाइसी अत्तरिया यसअघि नै घर फर्किसकेको छ ।
यता अंक तालिकामा ५ खेलमा १ खेल गुमाएको रूपन्देही च्यालेन्जर्स ८ अंकसहित शीर्षस्थानमा रहँदा ५ खेलमा २ खेलमा हार बेहोरेको विराटगर किंग्स दोस्रो स्थानमा रहेको छ । समान ४ अंक रहेका काठमाडांै गोल्डेन्स तेस्रो र धनगढी टिम चौराह चोथौ हुँदै प्लेअफमा पुगेका छन् । ४–४ अंक भए पनि रनरेटका आधारमा कञ्चनपुर आइकोनिक पाँचाँै र सिवाइसी अत्तरिया छैटाँै हँुदै प्रतियोगिताबाट बाहिर भइसकेका छन् । लिगअन्तर्गत ५ वैशाखमा कुनै पनि खेल छैन भने ६ गते अंक तालिकाको पहिलो र दोस्रो स्थानमा रहेको रूपन्देही र विराटनगरले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । विजेता सिधै फाइनल पुग्नेछ भने पराजित टिमले तेस्रो र चौथो टिमको विजेतासँग फाइनल प्रवेशका लागि मौका पाउनेछ । ६ गते नै दोस्रो खेलमा काठमाडांै गोल्डेन्स र धनगढी टिम चौराहबीच खेल हुनेछ । त्यसको विजेताले ७ गते पहिलो र दोस्रो खेलमा पराजित टोलीसँग फाइनलका लागि खेल्नेछ । ९ वैशाखमा सकिने धनगढी प्रिमियर लिगको विजेताले १५ लाख र उपविजेताले ७ लाख नगद पाउनेछन् ।

प्रतिक्रिया