एसियाली पदक विजेता मनिता बैवाहिक जिवनमा बाधिइन

17968349_1439998929383650_1549239623_oकाठमाडौं । तेक्वान्दोकी पुर्व राष्ट्रिय खेलाडी मनिता शाही बैवाहिक जिवनमा बाधिइएकी छिन् । एसियाली खेलकुद र दक्षिण एसियाली खेलकुदमा पदक विजेता शाही शनिबार बैवाहिक जिवनमा बाधिइएकी हुन् । काठमाडौंकै स्थायी वासिन्दा बिनेस खड्गीसँग मनिता बैवाहिक जिवनमा बाधिएकी हुन् ।

मनिताले कतारमा सन् २००६ मा भएको १५औँ दोहा एसियन गेम्समा कास्य पदक दिलाएकी थिइन् । श्रीलकांको कोलम्बोमा भएको १०औँ दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जितेकी थिइन् ।सन् २०१० मा बंगलादेशको ढाकामा भएको ११औँ दक्षिण एसियाली खेलकुदमा भने मनिताले रजत पदकमै चित्त बुझाइन् ।

सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको १७औँ एसियाली खेलकुदमा भने पदक विहीन भएकी थिइन् । त्यसको केही महिनापछि मनिता राष्ट्रिय टिम छोड्दै अमेरिका पलायन भएकी थिइन् । एक दशक भन्दा लामो समयमा नेपालको राष्ट्रिय टिममा रहेर थुप्रै अन्र्तराष्ट्रिय पदक हात पारेकी मनिता हाल उनि अमेरिकामा बसोबास गर्दै आइरहेकी छिन् ।(सौस)

प्रतिक्रिया