बर्लिन । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले जर्मन चान्सलर एंगेला मर्केललाई भेट्ने भएका छन् । बर्लिनमा अर्को महिना हुने धार्मिक सम्मेलनका क्रममा उनीहरूकाबीचमा भेटवार्ता हुने कार्यक्रम रहेको बर्लिनको स्थानीय एक सञ्चार माध्यमले बुधबार जनाएको छ ।
ऐतिहासिक ब्रान्डेन बर्ग गेटमा हुने उनहरूको भेटवार्ताका क्रममा समसामयिक घटनाक्रम र स्थानीयदेखि विश्वव्यापी दायित्वका बारेमा छलफल हुने आयोजकहरूले बताएका छन् ।
प्रतिक्रिया