०७३ का पाँच चर्चित घटना

काठमाडौं । आजदेखि नयाँ वर्ष २७४ सुरु भएको छ । । बितेको वर्ष नेपालमा केही यस्ता घटना भए, जसमध्ये केहीे नेपाल र नेपालीका लागि सुखद् रहे भने केहीले निराश बनाए । केहीले सामाजिक अभियानमा केही सकारात्मक संकेतहरू छोडेका छन् ।

१) ओली सरकारको वहिर्गमन
माओवादी केन्द्रले आफू सम्मिलित तत्कालीन केपी ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर सरकार ढाल्यो । आफ्नै मन्त्रीले क्याविनेटमा पारित गरेको ओली सरकारको बजेट आश्रित विधेयकलाई संसद्बाट असफल गराएर सत्ताको फोहोरी खेल भयो । भारतले नेपालमाथि नाकाबन्दी लगाएपछि ओली सरकारले वैकल्पिक बाटो खोल्न चीनसँग ऐतिहासिक पारवहन सम्झौता गरेको थियो । पारवहनसँगै व्यापार, यातायात, रेल्वे, पेट्रोलियम आयात तथा नेपालभित्र इन्धन उत्खनन गर्नेसम्मका सम्झौता गरेको थियो । नाकाबन्दीमा नेपाली स्वाभिमान झुक्न नदिई चीनसँग गरेका सम्झौता ओली सरकारको राम्रो काम विरोधीले पनि प्रशंसा गरेका छन् ।

२) लोकमान प्रकरण
तीन वर्षअघि खिलराज रेग्मी नेतृत्वको चुनावी सकारका पालामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमा नियुक्त गरिएका लोकमानसिंह कार्कीको महाभियोग प्रकरण यो वर्षको अर्काे चर्चित घटना बन्न पुग्यो । कानुनले तोकेको अधिकार क्षेत्रभन्दा बाहिर गएर आयोगलाई आफ्नो आफू वरिपरिका व्यक्तिको पोषणमा प्रयोग गरेको र प्रशासन यन्त्रलाई नियन्त्रणमा राखेर आफूअनुकूल निर्देशित भ्रष्टाचारमा संलग्न रहेका लोकमानविरुद्ध नागरिक समाज आन्दोलित थियो । कार्कीविरुद्ध एमाले र माओवादीका सांसदहरूले महाभियोगको प्रस्ताव राखे । तर महाभियोगका विषयमा कांग्रेसले केही पनि निर्णय लिन सकेन । कांग्रेस सभापति शेरबहादुर देउवा लोकमान प्रकरणमा पार्टीले के भूमिका खेल्ने भन्ने विषयमा निर्णय नलिई भारत भ्रमणमा गए । भारत भ्रमणबाट फर्केपछि पनि उनले
लोकमानविरुद्धको महाभियोग प्रकरणमा कुनै निर्णय लिएनन् । सर्बाेच्च अदालतमा परेको लोकमानको योग्यतामाथिको पुनरावलोकन मुद्दामा सर्बाेच्चले लोकमानलाई अयोग्य ठहर ग¥यो । लोकमान पदमुक्त भए । लोकमानले सरकार बनाउन र ढाल्न दलका नेताहरूलाई धम्की दिन अख्तियारको शक्तिलाई प्रयोग गर्ने गरेका थिए । लोकमानको वचाउका लागि भित्रभित्रै ठूलो शक्ति केन्द्र सक्रिय भए पनि उनी पदमुक्त भए ।

३) धुर्मस सुन्तली नमुना वस्ती
कालकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले धुर्मुस सुन्तली फाउन्डेसनमार्फत यसै वर्ष सिन्धुपाल्चोकको गिरानचौरमा आधुनिक नमुना वस्ती निर्माण गरी हस्तान्तरण गरे । भूकम्पले ध्वस्त भएको गिरानचौरमा ६० भन्दा बढी घर बनाएर उनीहरूले स्थानीय जनतालाई हस्तान्तरण गरेका थिए । त्यसअघि उनीहरूले काभ्रेको पहरीगाउँमा पनि नमुना वस्ती बनाएका थिए । पछिल्लो पटक उनीहरूले महोत्तरीको वर्दिबासमा नमुना मुसहर बस्ती बसालेका छन् । मुसहरहरूका लागि बनाइएका ५४ घर उनले नयाँ वर्ष २०७४ कादिन हस्तान्तरण गर्दैछन् । नागरिक स्तरबाट गरिएको नमुनायोग्य सामाजिक कामको सर्वत्र प्रशंसा गरिएको छ ।

४) आइजिपी र राजदूत प्रकरण
यसै वर्ष आइजिपी नियुक्ति प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवा विवादास्पद पात्रका रूपमा प्रस्तुत भए । उनले कार्यसम्पादन मूल्यांकन र वरीयतामा चौथो स्थानमा रहेका डिआइजी जयबहादुर चन्दलाई कुनै हालतमा आइजिपी बनाउनु पर्ने अडान लिएर सरकारले रातारात उनलाई आइजिपी नियुक्त ग¥यो । प्रक्रिया नपु¥याई नियुक्त गरिएको भन्दै सर्वाेच्च अदालतले बदर गरेपछि देउवाले पहिलो पटक अदालतविरुद्ध पार्टी बैठकबाट अदालतले कार्यपालिकाको अधिकारक्षेत्रमा हस्तक्षेप गरेको निर्णय गराए । यस्तै देउवाले राजदूत नियुक्तिमा पनि म्यानपावर व्यवसाय चलाएकालाई राजदूत सिफारिस गरेको घटना पनि यस वर्षका चर्चित हुन पुग्यो ।

५) लोडसेडिङमुक्त काठमाडौं
यस वर्ष देशको राजधानी काठमाडौं लोडसेडिङ मुक्त भयो भने देशका अन्य भाग पनि लोडसेडिङ मुक्त हुने अभियानमा छ । गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भारत भ्रमणका क्रममा मुजफ्फपुर–ढल्केवर अन्तरदेशीय प्रसारण लाइनको सम्झौता गरी तत्कालको इन्धन समस्या समाधान गर्ने योजना अघि सारेका थिए । भारत भ्रमण कै क्रममा दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा स्विच अन गरेर विद्युत् प्रसारण सुरु गरेका थिए । सोही सम्झौताअनुरूप भारतबाट नेपालमा ६ सय मेगावाट विद्युत् आपूर्ति भएको छ ।
सम्झौताअनुसार नेपालले आफूलाई चाहिनेभन्दा बढी विद्युत् उत्पादन गरेपछि त्यही प्रसारण लाइनमार्फत भारतमा विद्युत् बेच्न सक्नेछ । प्रधानमन्त्री निर्वाचित भएपछि नै ओलीले एक वर्षभित्र आन्तरिक रूपमा उत्पादन गर्न सक्ने विद्युत् र अन्य देशबाट खरिद गर्ने विद्युत्को तत्कालीन योजना बनाएर ०७३ तिहारभित्र लोडसेडिङ अन्त्य हुने घोषणा गरेका थिए । ओलीले त्यसबेला यस्तो घोषणा गरे पनि सर्वसाधारणले पत्याएका थिएनन् । त्यसैले उनलाई सामाजिक सञ्जालमा व्यंगका पात्र बनाइएको थियो ।
ओली नेतृत्वको सरकार असारमा ढालिए पनि उनकै समयको योजनाका कारण कात्तिकदेखि लोडसेडिङ अन्त्य भयो । ओलीले पनि कात्तिकदेखि नै लोडसेडिङ अन्त्य हुने बताएका थिए । संयोगवस असोजमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक बन्न भएका कुलमान घिसिङले यसको जस लिन पाए । घिसिङले लोडसेडिङ अन्त्यका लागि चुहावट र चोरी नियन्त्रण र कुशल व्यवस्थापनमा सकारात्मक भूमिका खेलेका कारण पनि लोडसेडिङ अन्त्य गर्न मद्दत पुगेको छ ।

प्रतिक्रिया