मोसुलबाट दुई लाख ८५ हजार जना विस्थापित

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी निकायले इराकको पश्चिमी मोसुलबाट दुई लाख ८५ हजार जनता विस्थापित भएको जनाएको छ । लामो समयदेखि द्वन्द्वग्रस्त क्षेत्रमा अहिले पनि लडाइँ जारी रहेकाले विस्थापित हुनेहरूको संख्या पनि बढिरहेको राष्ट्रसंघीय अधिकारीहरूले मंगलबार जनाएका छन् । ‘इराकको पश्चिम मोसुल र पूर्वी मोसुल गरी दुवै ठाउँबाट विस्थापित हुनेहरूको कूल संख्या तीन लाख ५५ हजार पुगेको छ,’ संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसका प्रवक्ता स्टेफन डुजरिकले पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
गत अक्टोबरदेखि अहिलेसम्म मोसुलमा मोसुलमा भएको सैन्य कारबाहीमा परी मोसुलबाट चार लाख ४६ हजार विस्थापित भएका छन् । ती मध्ये ९१ हजार जना भने फिर्ता भएको बताइएको छ ।

प्रतिक्रिया