संशोधन प्रस्ताव नल्याऊ ः झलनाथ

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अर्को संविधान संशोधन प्रस्ताव नल्याउन सरकारलाई चेतावनी दिएका छन् । खनालले संविधान कार्यान्वयन गरेर जाने बेला सरकारले संविधान संशोधन गर्ने एकपछि अर्को असामयिक कदम चालेको भन्दै आपत्ति जनाए ।
प्रधानमन्त्री दाहालसँगै मञ्चमा रहेका एमाले नेता खनालले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभाको निर्वाचनपछि मात्रै गर्न उपयुक्त हुने पनि स्पष्ट पारे । प्रतिपक्ष एमालेलाई समेत मान्य हुने गरी अर्को संविधान संशोधन प्रस्ताव तयार पारेको प्रधानमन्त्री दाहालले बताएलगत्तै नेता खनालले त्यसो नगर्न सरकारलाई सचेत गराएका हुन् ।
नेता खनालले प्रतिनिधिसभाको निर्वाचनपछि मात्रै संविधान संशोधनको औचित्य प्रष्ट हुने भन्दै सरकारलाई गम्भीर भएर सोच्न पनि आग्रह गरे । उनले तीनवटै तहको निर्वाचन गर्नु अहिले सिँगै मुलुकको राष्ट्रिय कार्यभार भएको पनि स्मरण गराए । नेता खनालले संविधान संशोधन हुने भएपनि यतिबेला त्यसको सान्दर्भिकता नरहेको पटकपटक दोहो¥याए ।

प्रतिक्रिया