ट्रेलरमा आयो ‘देश खोज्दै जाँदा’

desha khojdai

काठमाडौं । भूटानी शरणार्थीहरूको कथामाथि निर्माण भएको चलचित्र ‘देश खोज्दै जाँदा’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको अफिसियल ट्रेलर र रिलिज मिति सार्वजनिक गरिएको हो ।
दुई मिनेट ६ सेकेन्डको ट्रेलरमा भुटानी शरणार्थीको आन्दोलन, दुःख, भावना र यथार्थलाई देख्न पाइन्छ । फिल्म १२ जेठमा रिलिज हुने निर्माण टोलीले जानकारी दिएको छ । फिल्मको निर्देशन साहित्यकारसमेत रहेका प्रकाश आङदेम्बेले गरेका छन्् । उनको यो डेब्यु निर्देशन फिल्म करिब पाँच वर्षभन्दा लामो समयको अध्ययन र अनुसन्धानपछि बनाएको बताएका छन्् ।
‘दुई दशकभन्दा लामो समयसम्म नेपालमा शरणार्थी जीवन बिताउन बाध्य नेपालीभाषी भुटानी नागरिकहरूको वास्तविक कथा हो यो,’ फिल्मबारे आङदेम्बेले भने, ‘भुटानी शरणार्थीहरूको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा वाह्य द्वन्द्वलाई मार्मिक र संवेदनशीलताका साथ उजागर गर्न खोजेका छौँ ।’फिल्मको कथा निर्देशन आङदेम्बेकै हो । उपेन्द्र सुब्बा फिल्मका पटकथाकार हुन् । फिल्ममा हेमन्त बुढाथोकी, बाबु बोगटी, मीना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा, प्रताप सुब्बालगायत कलाकारको अभिनय रहेको छ ।
कार्यक्रममा उपेन्द्र र हेमन्तलेसमेत भुटानी शरणार्थीको जीवनसँग फिल्ममार्फत जोडिन पाउँदा खुसी लागेको बताएका थिए । यो फिल्ममा आभाषको संगीत, श्रवण मुकारुङको शब्द र स्वरूपराज आचार्यको स्वर रहेको छ । सञ्जय लामाले खिचेको फिल्मलाई मनोञ्जन श्रेष्ठले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया