मनिला । विश्वकै सबैभन्दा लामो समय संघर्ष गरिरहेको फिलिपिन्सको कम्युनिस्ट विद्रोही समूहले युद्धविराम गर्ने बारेमा छलफल गर्न तयार रहेको जनाएको छ ।
गरिबीको चपेटामा रहेको देश फिलिपिन्समा सन् १९६८ देखि कम्युनिस्ट विद्रोहीको द्वन्द्व सुरु भएको हो । यो अवधिमा अहिलेसम्म ३० हजार जनाको मृत्यु भएको छ । ‘जति सक्दो चाडो युद्धविराम गर्ने सहमति हुने विश्वास लिइएको छ’, विद्रोहीतर्फका मुख्य सहजकर्ता फिडेल अग्क्वोइलीले नेदरल्यान्डबाट शुक्रबार अबेर जारी विज्ञप्तिमा लेखिएको छ । उनले विज्ञप्तिमा भनेका छन्, ‘विद्रोहीतर्फको सहजकर्ता टोली अधिकतम लचकताका लागि तयार छ, खुल्ला छलफल गर्न चाहन्छ, त्यसका लागि सरकारले वातावरण बनाउनु पर्दछ ।’
सरकारी सहजकर्ता टोलीका प्रमुख सिल्भेस्ट्रो बेल्लोले आउँदो साता वार्ता हुने विश्वास व्यक्त गरे । उनले वार्ताका लागि सरकारपनि व्यग्र प्रतीक्षामा रहेको बताए । फिलिपिन्सको विद्रोही कम्युनिस्ट पार्टीमा झन्डै चार हजार लडाकुआबद्ध रहेका छन् ।
प्रतिक्रिया