चिनियाँ र अमेरिकी राष्ट्रपतिबीच भेट हुने

बेइजिङ । चीनका राष्ट्रपति सि जिङ पिङ र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प बीच भेटघाट हुने भएको छ । आगामी साता उनीहरूले भेट्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति सिले फिनल्यान्डको औपचारिक भ्रमण सकेर अमेरिकाको फ्लोरिडा राज्यमा जाने चीनका विदेश मन्त्री लु काङले बिहीबार जानकारी दिए ।
फिनल्यान्डका राष्ट्रपति सौली निनिस्टो र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको औपचारिक निमन्त्रणामा पिङ फिनल्यान्ड र अमेरिको औपचारिक भ्रमणमा जान लागेका हुन् । उनले आउदो अप्रिल ४ देखि ६ तारिखसम्म फिनल्यान्डको र अप्रिल ६ देखि ७ सम्म अमेरिकाको फ्लोरिडाको भ्रमण गरी ट्रम्पलाई भेट्ने कार्यक्रम रहेको विदेशमन्त्री लुले जानकारी दिए ।

प्रतिक्रिया