बेलायती महारानीद्वारा आक्रमणका पीडितप्रति सहानुभूति

लन्डन । बेलायती महारानी एलिजावेथ द्वितीयले बुधबार बेलायती संसद्मा भएको आक्रमणबाट पीडित सबैप्रति बिहीबार ‘गहिरो समवेदना’ व्यक्त गरेका छन् । बेलायती महारानीले घटनालाई नृशंस हिंसा भएको प्रतिक्रिया दिँदै उक्त घटनाको कडा शब्दमा निन्दा गरिन् ।
‘म यस दुःखद घडीमा मृतक आत्माको शान्तिका लागि र घटनामा घाइते भएका पीडित र उनीहरूका आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु,’ महारानी एलिजावेथ द्वितीयले प्रहरीलाई बुधबारको निन्दनीय हिंसाबारे दिएको पहिलो प्रतिक्रियामा बताएकी छन् ।
बुधबार राती एक अपरिचित आतंककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहार गर्दा एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनुका साथै करिब ४० जना घाइते भएको बेलायती प्रहरीले पुष्टि गरेको छ । नेपाली समयअनुसार बुधबार राती मध्य लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उक्त आक्रमण र हताहतीका घटना भएको लन्डन महानगरिय प्रहरी सहायक आयुक्त मार्क रोलेले जानकारी गराएका थिए ।

आक्रमणमा पाँचको मृत्यु ४० घाइते
बुधबार राती एक जना अपरिचित आतंककारीले राजधानी लन्डनमा जथाभाबी छुरा प्रहारद्वारा गरेको आक्रमणमा परी एक जना सुरक्षाकर्मीसहित पाँच जनाको मृत्यु हुनाको साथै करिब ४० जना घाइते भएका बेलायती प्रहरीले पुष्टि गरेको छ । बुधवार अपरान्ह केन्द्रीय लन्डनस्थित बेलायती संसद् भवन परिसर बाहिर उपरोक्त आक्रमण र हताहतीका घटना भएको लन्डनका महानगरीय प्रहरी सहायक आयुक्त मार्क रोलेले पुष्टि गरेका छन् । कत्र्तब्य पालनको क्रममा ४८ वर्षीय प्रहरी अधिकृत किथ पामरको सो आक्रमणको घटनामा परी मृत्यु भएको सहायक आयुक्त रोलेले समाचारदाताहरूलाई बताएका छन् ।
किथ पामरले बेलायती प्रहरीमा १५ वर्षसम्म सेवा पु¥याएका थिए । सहायक आयुक्त रोले बेलायती प्रहरीको आतंकवादविरुद्ध सुरक्षा कारबाही निकायका प्रमुख पनि हुन् । आक्रमणकारी को थियो त भन्ने कुरा प्रहरीले सार्वजनिक रूपमा खुलासा गरिसकेको छैन । तर, बेलायती प्रहरीलाई आक्रमणकारीको पहिचान भएको जनाइएको छ । प्रहरी अधिकृत पामरको हत्याको तत्कालै अन्य प्रहरीले सो आक्रमणकारीलाई गोली हानी घटनास्थलमै ढालिदिएका थिए ।
यसअघि, प्रत्यक्षदर्शीका अनुसार एकजना व्यक्ति एउटा अति तीव्र गतिको कारमा एक्लै आई संसद् भवन परिसर बाहिरको वेस्टमिन्स्टर ब्रिजको फुटपाथमा गाडीलाई जबर्जस्ती चढाएर संसद् भवनभित्र घुस्न खोजेको र सो कारले ठक्कर दिई तीनजना प्रहरीहरूलाई ठहरै पार्नुका साथै सडकमा हिँडिरहेका कम्तीमा २० जना पदयात्रीहरूलाई घाइते बनाएको थियो ।
फुटपाथमा उक्लिएपछि सो तीव्र गतिको कारको सन्तुलन बिग्रन गएर संसद् भवन – हाउस अफ कमन्स परिसर बाहिरको बार र पर्खालमा ठोक्किन पुगी उक्त कार दुर्घटनाग्रस्त भएको तर भित्र बस्ने चालकलाई केही पनि भएको थिएन । अकस्मात् उक्त चालक गाडीबाट बाहिर निस्केर लामो र धारिलो छुरा निकाली वरिपरि रहेका मानिसहरू उपर जथाभावी आक्रमण गर्न थाल्यो । आक्रमणकारीको पहिलो निसानामा प्रहरी अधिकृत किथ पामर पर्न पुगे, छुराको प्रहारबाट तत्कालै ढली उनले ज्यान गुमाउन पुगेका थिए । उक्त आक्रमणको घटनामा अरू कसैको संलग्नता छ छैन, यसबारे पत्तो लगाउन बेलायती प्रहरी सूक्ष्मरूपले अनुसन्धानरत रहेको जनाइएको छ ।

 

प्रतिक्रिया