बंगलादेशमा आत्मघाती आक्रमण

चटगाउँ । बंगलादेशमा दुई आत्मघाती आतंककारीले बम बोकी विस्फोट गराएका छन् । बंगलादेशको बन्दरगाह सहर चटगाउँको बाहिर इलाकामा अतिबादी लुकेर बसेको स्थानमा गस्तीका रहेका प्रहरीलाई लक्ष्यगरी सो आक्रमण गरेका प्रहरी अधिकारीले जानकारी दिएका छन् । बिहीबार भएको यस आत्मघाती आक्रमणमा परी एक महिलासहित दुई व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेका छन् ।
तर, राष्ट्रिय प्रहरी प्रमुख एकेएम साहिदुल होक्येले दिएको एक जानकारीअनुसार सो आक्रमणमा एक महिलासहित तीन आतंककारी मारिएका दुई जना प्रहरी घाइते भएका अनुमान गरिएको छ । उक्त आत्मघाती आक्रमण भएको स्थानमा प्रहरीले भवनलाई केही घन्टासम्म घेरा लगाएको बताइएको छ ।
यस भीषण विस्फोटमा परी मारिनेको शवका टुक्राहरू २५ देखि ३० मिटरसम्म टाढा पुगेको आतंकवादविरुद्ध समूहका प्रहरी उपनिरीक्षक सन्वार हुसेनले एएफपी समाचार समितिले जनाएको छ ।

प्रतिक्रिया