मणिपुरमा भाजपाको नयाँ सरकार

नयाँदिल्ली । भारतको उत्तरपूर्वी क्षेत्रमा पर्ने मणिपुर राज्यमा सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)ले नयाँ सरकार गठन गरेको छ । भारतीय जनता पार्टीका स्थानीय नेता एन विरेन सिंह सो प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त भएका छन् । सो राज्यका गभर्नर नाज्मा हेप्तुल्लाले उनलाई सरकारी कार्यालय राजभवनस्थित गोपनीयताको शपथग्रहण गराएको स्थानीय सरकारी अधिकारीले जानकारी दिएका छन् ।
हालै भएको प्रदेशको निर्वाचनमा कुनै पनि राजनीतिक पार्टीले स्पष्ट बहुमत ल्याएका छैनन् । मणिपुर राज्यमा संसद्को कुल ६० सिटमध्ये निर्वाचनबाट कांग्रेसले २८ सिट जितेर सबैभन्दा ठूलो पार्टी भएको छ भने भारतीय जनता पार्टीले २१ सिट जितेको छ दोस्रो ठूलो भए पनि भाजपाले अन्य पार्टीहरूसँग मिलेर सरकार गठन गरेको हो । गत मंगलबार मात्रै पश्चिमी राज्य गोवाको मुख्य मन्त्रीमा मनोहर पररिकार नियुक्त भएका थिए । गोवामा पनि भारजपाले नै अन्य दलहरूसँग मिलेर सरकार बनाएको छ । आफ्नो कार्यकाल सकिएका पूर्वमुख्यमन्त्रीले त्यहाँको मुख्यमन्त्रीको कार्यालय छाडेका छन् ।

प्रतिक्रिया