अमेरिकी विदेशमन्त्रीले चीन भ्रमण गर्ने

बेइजिङ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन चीनको दुई दिने औपचारिक भ्रमण गर्ने भएका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा आगामी मार्च १८ देखि १९ सम्म अमेरिकी विदेशमन्त्री चीन भ्रमणमा आउन लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बुधबार जानकारी दिएका हुन् ।
यस भ्रमणको क्रममा चीन र अमेरिकाबीचको द्विपक्षीय दौत्य सम्बन्ध पुनर्ताजगीकरण गर्ने सम्बन्धमा विचार विमर्श गरिने तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय साझा मुद्दाहरूमा छलफल गर्दै दुबै देशले आआफ्ना धारणा प्रस्तुत गर्ने समेत विदेश मन्त्रालयका प्रवक्ता ह्वा चुन्यिङले जानकारी दिएका छन् ।

प्रतिक्रिया