कोइलाखानीमा १७ चिनियाँ कामदारको मृत्यु

बेइजिङ । चीनको एउटा कोइलाखानी रहेको लिफ्टमा भएको दुर्घटनामा परी १७ जना चिनियाँ मजदुरहरूको मृत्यु भएको छ । चीनको उत्तरपूर्वी क्षेत्रमा पर्ने हेइलोङ्जिआङ प्रदेशमा राज्यद्वारा सञ्चालित कोइलाखानीमा दुर्घटना भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् ।घटना गत बिहीबार भएको भए पनि उनीहरूलाई उद्धार गर्न पुगेका उद्धारकर्मीहरूले सोमबार उनीहरू जीवित नरहेको जानकारी दिएका हुन् । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । खानीका व्यवस्थापकलाई पनि निलम्बन गरिएको छ ।
चीन संसारको सबैभन्दा धेरै कोइला उत्पादन गर्ने देश हो भने कोइलाखानीमा हुने दुर्घटनामा बर्सेनि धेरैजनाको मृत्यु हुने गरेको छ । गत डिसेम्बरमा पनि दुई वटा कोइलाखानीमा भएका विस्फोटनमा परी कम्तीमा ५९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया