पाकिस्तानमा महिला सांसद सम्मेलन सुरु

इस्लामावाद । १२ राष्ट्रका महिला सांसदहरूको सहभागितामा ‘प्रजातन्त्रको सशक्तीकरणमा महिलाहरूको भूमिका’ विषयक एक अन्तर्राष्ट्रिय सम्मेलन पाकिस्तानमा सुरु भएको छ । पाकिस्तानले आतिथ्य गरेको यो सम्मेलन हिजो सोमबारबाट सुरु भएको हो ।
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफकी पुत्री मारियम नवाजले हिजो आयोजित एक समारोहकाबीच उक्त तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गरेका थियो । यो सम्मेलन मार्च १३ बाट १५ सम्म जारी रहने भएको छ ।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री सरिफपुत्री मारियमले महिलाविना कुनै पनि प्रजातान्त्रिक समाजको परिकल्पना गर्न नसकिने बताएका थिए । उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा आतिथ्य राष्ट्र पाकिस्तानलगायत इरान, इराक, टर्की जोर्डन, अस्ट्रेलिया, रोमानिया, म्यानमार, श्रीलंका, माल्दिभ्स, इन्डोनेसिया र नेपालका उल्लेख्य महिला सांसदको सहभागिता रहेको छ ।

प्रतिक्रिया