ज्यान जोखिमा राखेर स्कुल जान्छन् विद्यार्थी

manangमहोत्तरी । भौतिक संरचना कमजोर र विद्युत् चुहावटका कारण स्थानीय गोरनपुराका सयौँ साना विद्यार्थी ज्यान जोखिममा राखेर स्कुल जाने गरको छन् ।
सदरमुकाम छेउमै रहेको गोनरपुरा गाविस–८ हरिहिर्दुवामा अवस्थित राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा अध्ययनरत तीन सयभन्दा बढी विद्यार्थी विद्यालयको भौतिक संरचनाको कारण ज्यान जोखिममा राखेर पढ्न बाध्य भएका हुन् ।विद्यालयको अवस्था क्षतविक्षत रहेको र दुई गाविसको मुख्य बिजुलीको ट्रान्सफर्मरबाट हुने विद्युत् चुहावटले त्यहाँका विद्यार्थीको ज्यान जोखिममा परेको हो । उक्त ट्रान्सफर्मरबाट प्रवाह भएको करेन्टले कयौँपटक यहाँका बालबालिका घाइते हुँदासमेत ट्रान्सफर्मर हटाउन कहीँकतैबाट पहल भएको छैन, विद्यालयका शिक्षक रविकुमार यादवले बताए ।
तीन सय नौ विद्यार्थी अध्ययनरत सो विद्यालयको भवन जीर्ण अवस्थामा पुगेको छ भने विद्यार्थी बेञ्च र डेस्कको अभावमा भुइँमै बसेर पढ्छन् ।
त्यस्तै कक्षा २ र ३ का छात्रछात्रा भवन तथा शिक्षक अभावका कारण जीर्ण एउटै कोठामा बसेर पढ्दै आएको विद्यालय स्रोतले जनाएको छ ।
बालबालिकाको पढाइमा अवरोध आउन नदिन सम्बन्धित सबै सरोकारवालाले समयमै ध्यान दिनुपर्ने मानवअधिकार रक्षक सजालका जिल्ला अध्यक्ष अजय साहले बताए ।
यस सम्बन्धमा जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले तुरुन्त ट्रान्सफरर्मर हटाउन निवेदन दिन सो विद्यालयलाई निर्देश दिइएको बताए । त्यस्तै सो विद्यालयको लागि दुई कोठे भवन स्वीकृत भइसकेको सो कार्यालयले जनाएको छ ।

प्रतिक्रिया