भारतको दुई ठूलो राज्यमा बीजेपीलाई दुई तिहाइ

narendra_modi_bjp_1375177628_540x540
नयाँदिल्ली । राज्य निर्वाचनको मत परिणाम प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि पनि सहयोगी हुने ठानिएको छ  । प्रधानमन्त्री मोदीको पार्टीले देशको सबभन्दा ठूलो प्रान्त उत्तरप्रदेशमा भारी बहुमत प्राप्त गरेको छ।परिणामलाई मोदीको व्यक्तिगत जितका रूपमा हेरिएको छ किनभने यसले अब दुई वर्षमा हुने चुनावमा उनको दाबीलाई बलियो बनाएको छ । बीजेपीले हिमाली राज्य उत्तराखण्डमा पनि भारी मतका साथ जित हासिल गरेको छ । राजनीतिक रूपमा महत्वपूर्ण उत्तरप्रदेशमा सत्तारूढ बीजेपीको निर्णायक जितलाई सीधा रूपमा प्रधानमन्त्री मोदीको पक्षमा जनमतको रूपमा हेरिएको छ ।

मोदी हावी
राजधानी नयाँदिल्लीसँग जोडिएर रहेको यी दुई प्रदेशले देशलाई नौजना प्रधानमन्त्री दिइसकेको छ, राज्यसभामा ८० जना सांसद पठाउँछ । बीबीसी संवाददाता सौतिक विश्वासको विश्लेषण छ, यो चुनावमा मुख्यममन्त्री पदमा उम्मेदवारविना पूरा चुनावी अभियानमा मोदीको चेहरा हावी रह्यो ।भाषण शैलीमा विकास मिसाएर उनले समाजवादी पार्टी (कांग्रेस आइ) पार्टीबीचको गठबन्धन र दलित नेता मायावतीको रूपमा बलियो विपक्षीविरुद्ध बलियो प्रचार अभियान चलाए । बीजेपी र उनको पार्टीका लागि यो जितको के अर्थ हुन्छ ?दिल्लीस्थित एक थिंक ट्याङ्क सेन्टर अफ पोलिसी रिसर्चका भानु जोशी भन्छन्, ‘जातीय गणितबाट उनी बाहिर निस्कन सफल भए । स्थानीय तहमा बीजेपीलाई जातिवादी पार्टी मान्दैनन् ।’
नोटबन्दीमाथि छाप
नोटबन्दीपछि भएको निर्वाचन मोदीका लागि जनमतसंग्रहका रूपमा हेरिएको थियो । दोस्रो, मोदीको पार्टी विवादास्पद नोटबन्दीबाट बाहिर निस्कन सफल भएको छ जसले अधिकांश मानिसलाई समस्या उत्पन्न गराएको थियो, गरिब र साना व्यवसायीलाई नोक्सान पु¥याएको थियो । राजनीति शास्त्री विज्ञानी मिलन वैष्णवको भनाइ छ, ‘वास्तवमा मतदान नोटबन्दीको सदर जस्तो थियो ।’ उनी भन्छन्, ‘नोटबन्दी नीति कार्यान्वयनबाट मतदातालाई समस्या प¥यो कि परेन तर उनीहरूले प्रधानमन्त्री काममा विश्वास गर्छन् भन्ने सीधा फैसला गरेका थिए ।’ तेस्रो, आफ्नो कार्यकाल चलिरहँदा मोदी २०१९ को आम चुनावमा दोस्रो कार्यकालको दौडमा अगाडि बढिसकेका छन् । उनका कारण सामाजिक तनाव बढेको र आर्थिक मोर्चा कमजोर भएको आलोचना भइरहेका बेला यो परिणाम आएको छ ।
फाइदा
धेरैमध्ये एक कारण विपक्ष थियो । मुख्य विपक्षी पार्टी कांग्रेस पञ्जाबमा जित हासिल गरे पनि शिथिल थियो । पार्टीका सर्वेसर्वा गान्धी परिवार मत प्राप्त गर्न असफल रह्यो ।राजनीतिक विश्लेषक शेखर गुप्ता भन्छन्, ‘अब कुनै पनि राज्य गान्धी परिवारका लागि मतदान गर्दैनन् ।’ चौंथो, यो जितपछि बीजेपीलाई राज्यसभामा निकै फाइदा हुनेछ र यसबाट आलोचकका नजरमा कुनै राम्रा र कुनै औसत कानुन पास गर्न मद्दत मिल्नेछ । र अन्त्यमा, जनतासँग संवाद गर्ने मोदीको तरिका अझ पनि प्रभावकारी छ । डाक्टर वैष्णव भन्छन्, ‘आज भारतमा मोदी एक्ला सबभन्दा लोकप्रिय नेता हुन् । यो समय भारतीय राजनीतिमा उनको निजी इमानदारी र साखको जादूका अगाडि कोही पर्न सक्दैनन् ।’
उनका अनुसार विपक्षले सकारात्मक दृष्टिविना मोदीको विरोध जारी राखेमा उनी झन् बढी बलियो हुँदै जानेछन् ।
सम्भवतः भारतको हतास विपक्षको सबभन्दा ठूलो समस्या त्यही हो कि मोदीलाई निशाना बनाउँदा उनीहरूसँग आफ्नै कुनै वैकल्पिक भरोसा छैन ।
स्वराज इन्डिया पार्टीका संस्थापक योगेन्द्र यादवजस्ता अधिकांश मानिसहरू भन्छ्न्, ‘उत्तरप्रदेशमा हारले हल्लिएको विपक्ष २०१९ मा मोदीविरोधी एक महागठबन्धन बनाउन बाध्य हुनेछ ।’ उनीहरू भन्छन्, ‘त्यो आत्मघाती पनि हुन सक्छ किनभने विशुद्ध मोदीविरोधी राजनीतिले काम गर्दैन ।’ तर राजनीतिमा जे पनि सम्भव हुन्छ र सटिक अनुमान लगाउन सकिन्न । (बीबीसी नेपाली सेवाबाट साभार)

कसैले अन्दाज गरेको थिएन पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी सन् २००४ को चुनावमा शान्त रहेको कांग्रेस गठबन्धनसँग हार्नेछन्।तर २०१७ को ग्रीष्मयामसम्म भएपनि मोदी उच्चस्थानमै देखिन्छन्।

प्रतिक्रिया