आइएसविरुद्ध लडिरहने इराकी प्रधानमन्त्रीको प्रतिबद्धता

बग्दाद । इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकले इस्लामिक स्टेट (आइएस) विरुद्ध लगातार लडेर इराकी सहरहरु सुरक्षित राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । ‘मैले अरु देशहरुको सार्वभौमसत्ताको सम्मान गर्दछु र मलाई छिमेकी देशमा भइरहेको आइएसविरुद्धको कारबाहीमा कुनै संकोच छैन । हामी उनीहरु विरुद्ध लगातार लड्ने छौँ,’ उनले भने । इराकको उत्तरी अर्धस्वायत्त क्षेत्र सुलेमानियामा उनले इराक र इराकी जनताको रक्षा गर्न आपूmहरु प्रतिबद्ध रहेको बताए । उनले छिमेकी देशसँग सहकार्य गर्न आफूले चाहेको पनि बताए । गत फेब्रुअरी २४ तारिखमा बग्दादमा मानवीय क्षति हुने गरी ठूलो आक्रमण भएपछि अबादीले आइएस लडाकूका विरुद्धमा हवाई आक्रमण तिब्र पार्ने घोषणा गरेका थिए ।
अबादीले आश्चर्यजनक तरिकाले गत मङ्गलबार कुर्दिसहरुको क्षेत्रमा भ्रमण गरेका थिए । त्यहाँ उनले सुरक्षा निकायका उच्चपदाधिकारीलाई भेटेका थिए । त्यसपछि उनले आइएस लडाकूविरुद्ध अन्तरराष्ट्रिय सहयोग र समर्थन जुटाएर आक्रमणलाई थप तिव्र पार्ने अठोट गरेका हुन् ।

प्रतिक्रिया